मनोरञ्जन

संन्यासपछि सास्ती

नेपाल संवाददाता , जेष्ठ १५, २०७४

डेब्यु फिल्म नोभेम्बर रेनबाट राम्रै प्रशंसा कमाएकी थिइन् छुल्ठिम गुरुङले । आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका हुँदा पनि ‘मार्क’ हुनु चानचुने कुरा थिएन नै ।
पुरा पढ्नुहोस्

फरक प्रयास फितलो परिणाम

गोकर्ण गौतम, जेष्ठ १४, २०७४

निर्माणको आधा शताब्दी पार गर्दा पनि नेपाली फिल्मले विधागत रूपमा खास प्रगति गर्न नसकेको तीतो यथार्थ छ । गीत, एक्सन, रोमान्स र वियोगको घिसिपिटी सूत्रमा रमाइरहेका हुन्छन् फिल्मकर्मी । तर, पुरातन शैली र विधाको यो ‘ह्याङ’बाट माथि उठ्ने प्रयास गरेका छन्, निर्देशक दिनेश राउत, फिल्म पर्वमार्फत । लभस्टोरी फिल्म बनाइरहेका दिनेशले यसपटक साइको–थ्रिलर जनरा रोजेका छन् । यस्ता फिल्म हामीकहाँ विरलै बन्ने भएकाले दिनेशको प्रयास प्रशंसनीय छ । तर, विधागत फिल्मका निर्देशकसँग जुन परिपक्वताको अपेक्षा राखिन्छ, पर्व हेरेपछि आलोकाँचो लाग्छन् उनी । किनभने, थ्रिलर फिल्मको मुख्य धर्म भनेकै प्रत्येक दृश्यमा रहस्य पैदा गर्दै दर्शकलाई बाँध्न सक्नु हो । पर्वमा यही गुणको अभाव छ । यद्यपि, मूल कथा आफैँमा फितलो होइन । कमजोरी त्यसको प्रस्तुतिमा छ ।

उपन्यासकार मानव (कोसिस क्षत्री)को संयोगले भेट हुन्छ, पाठक ऋतु (नम्रता श्रेष्ठ)सँग । उनीहरू नजिक हुन्छन् । तर, मानवलाई भेटेदेखि ऋतुमा मनोवैज्ञानिक समस्या देखापर्छ । बहिनी र साथीलाई छोडेर मानवसँग बस्न थाल्छिन् । जबकि, मानवको पारिवारिक पृष्ठभूमिबारे पूर्ण बेखबर छिन् उनी । अनि, मानव आफैँचाहिँ एउटा खास उद्देश्यबाट परिचालित भइरहेका हुन्छन् । ऋतुसँग नजिक हुनुको नियत के हो ? मानवसँगको सामीप्यले ऋतुलाई कस्ता विपत् आइलाग्छ ? यस्तै सवालको वरपर घुमेको छ फिल्म । तर, थ्रिलर फिल्मका नियमित दर्शकले यसको क्लाइमेक्स सजिलै अनुमान गर्न सक्छन् ।

भनिन्छ, थ्रिलर फिल्मका हरेक दृश्यले कि रहस्य छोड्नुपर्छ कि रहस्यको पर्दाफास गर्नुपर्छ । तर, पर्वमा भूमिका बाँध्दा–बाध्दै मध्यान्तर हुन्छ । त्यसैले यहाँसम्मका अधिकांश दृश्य पट्यारलाग्दा छन् । ऋतुकी बहिनीले दिएको पार्टी, ऋतु र मानवको कतिपय कफी भेटघाट, फ्ल्याटभित्रको गन्थनमन्थनले कथाको बहाव सुस्त बनाउँछ । मध्यान्तरपछि बल्ल–तल्ल गति लिन खोज्छ तर त्यही बेला आइटम गीत ‘काले दाइ...’ आउँछ । गायिकी र कोरियोग्राफी उत्कृष्ट भए पनि यसले फिल्मको लय बिगारेको छ । ऋतुकी बहिनी मानवको घरमा आएपछि भने बिस्तारै रोमाञ्चकता सिर्जना हुन्छ । तर, फेरि पनि के भन्नुपर्ने हुन्छ भने थ्रिलर फिल्मको काम तर्साउने होइन, कौतूहल जगाउने हो, सस्पेन्स राख्ने हो । तर, निर्देशकको ध्यान रगत र पृष्ठभूमि संगीतमार्फत दर्शकमा डर पैदा गर्नतिर बढी देखिन्छ । अर्थात्, फिल्ममा थ्रिलर वा सस्पेन्सको भन्दा हररको पल्ला भारी छ । 

मुख्य तीन महिला चरित्रको पृष्ठभूमिलाई बेवास्ता गरिनु पर्वको अर्को कमजोरी हो । ऋतु र उनकी बहिनी के गर्छिन्, कहाँबाट आइन्जस्ता पक्ष खुलाइएको छैन । भलै, उनीहरूको जीवनशैली हेर्दा निकै सम्पन्न लाग्छ । माला लिम्बूलाई क्लब डान्सर भनिए पनि विश्वसनीय लाग्दैन । मानवको आनीबानी र व्यवहारबाट लेखक नै हो भन्ने स्थापित हुन्न । किरण माइकल अधिकारीले लेखेको पटकथा कसिलो त छैन नै, संवाद पनि बलियो र सम्झनलायक छैन । मानव र ऋतुका मध्यान्तरपछिका संवाद निकै बनावटी लाग्छ । मानवको फ्ल्यासब्याक त्यस्तै फितलो । तर, कुकुरले छाउरालाई दूध चुसाएको दृश्य निकै प्रतीकात्मक लाग्छ । त्यस्तै, ऋतुको रगत उनकै नाममा लेखिएको उपन्यासको पाण्डुलिपिमा लतपतिएको दृश्यले मन बिझाउँछ । अप्रत्यक्ष शैलीमा फिल्मले विवाहेत्तर सम्बन्धको दीर्घकालीन हानिबारे सजग गराउन खोजेको आभास हुन्छ । 

फिल्मको सर्वाधिक प्रशंसनीय पक्ष प्राविधिक हो । त्यसमा पनि छायाँकार राजेश श्रेष्ठ प्रशंसाको पहिलो हकदार हुन् । ‘आउटडोर’ मात्र होइन, ‘इनडोर’मा पनि उनको खिचाइ शैली गजब छ । उनको ‘सर्ट साइज’ले थ्रिलर फिल्मको मान्यतालाई आत्मसात् गरेको छ । प्रकाश संयोजन उस्तै प्रभावकारी । राती पानी परिरहेका बेला खाल्डो खनेको दृश्यमा जसरी लाइट दिइएको छ, त्यसले दृश्यभाषालाई सशक्त बनाएको छ । लोकेसनमा कन्जुस्याइँ गरिएको छ । 

उत्तम न्यौपानेले फेरि एकपटक आफूलाई अब्बल साउन्ड डिजाइनरका रूपमा प्रमाणित गरेका छन् । तर, कलाकारको अभिनयमा भने जीवन्तता भेटिन्न । अघिल्लो वर्ष क्लासिकबाट राष्ट्रियसहित सबै अवार्डमा एकछत्र राज गरेकी नम्रता पर्वमा फिक्का लाग्छिन् । मानव भेट् दाको उत्साहमा होस् या धोकापछि मानवप्रतिको आक्रोशमा, पटक्कै जमेकी छैनन् । मोक्षबाट वाहवाही बनाएका कोसिसले यसपटक निराश बनाउँछन् । यसको कथा उनी आफैँले लेखेका हुन् तर अभिनयमा कृत्रिमता झल्कन्छ । सीधा भन्दा, नम्रता र कोसिस दुवैमा परिपक्वता देखिएन । जेबिका कार्की र माला लिम्बू ठीकठाक मात्र छन् ।

निश्चय नै आमदर्शकका लागि होइन, पर्व । थ्रिलर फिल्म हेर्ने त झन् पारंगत र बाठा हुन्छन् । त्यसैले उनीहरूको अपेक्षा पूरा गर्न मुस्किल पर्छ । तैपनि, फरक विधाको फिल्म निर्देशनको साहस बटुलेकाले दिनेश बधाइका पात्र हुन् । कम्तीमा उनले प्रयास त गरे ।

पुरा पढ्नुहोस्

निर्माताको यो चाला

नेपाल संवाददाता , जेष्ठ १४, २०७४

नेपाली फिल्मवृत्तमा बाघ निर्माताका रुपमा परिचित छन्, छविराज ओझा । कारण, एक त उनी दुई दशकदेखि निरन्तर फिल्म बनाइरहेका छन्, अर्कातिर उनका फिल्महरु व्यावसायिक रुपमा सफल पनि छन् ।
पुरा पढ्नुहोस्

उत्साहपूर्ण रहेन ट्रेलर

नेपाल संवाददाता , जेष्ठ १२, २०७४

हिरोइनका रुपमा ऋचा शर्माको करिअर ठीकठाक चलिरहेको थियो । खास गरी चरित्रप्रधान भूमिकामा चिनिएकी थिइन् । तर, के सुर चलेछ कुन्नि, आधा लभमार्फत फिल्म निर्माणमा पनि हात हालिन् ।
पुरा पढ्नुहोस्

सुन्दरी तर...

नेपाल संवाददाता , जेष्ठ ११, २०७४

करिश्मा मानन्धर अब अभिनेत्री मात्र रहिनन्, राजनीतिक नेतृ पनि हुन् । बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल पार्टीकी जिम्मेवार नेता हुन् उनी । त्यसैले अचेल फिल्मभन्दा राजनीतिक कार्यक्रममा सक्रियता देखिन्छ उनको ।
पुरा पढ्नुहोस्

किनारा लाग्न थालेपछि...

नेपाल संवाददाता , जेष्ठ १०, २०७४

क्लासिक र होमवर्कको बक्स अफिसमा खराब प्रदर्शनसँगै आर्यन सिग्देलको व्यस्तता ह्वात्तै घट्यो । उनी आफैँले नखेलेको हो वा फिल्म नै नपाएको, पत्तो भएन । तर, लामो समय उनी खाली हात रहे ।
पुरा पढ्नुहोस्

फेरि अर्को फिल्म

नेपाल संवाददाता , जेष्ठ ९, २०७४

ड्रिम्स हिट हुनासाथ साम्राज्ञीराज्यलक्ष्मी शाहले भनेकी थिइन्, ‘धेरै होइन, राम्रो फिल्म खेल्छु ।’ अनमोल केसीको स्टारडमलाई उछिन्दै आफूलाई ‘मार्क’ गराउन सफल हिरोइनले यस्तो प्रतिबद्धता जनाएपछि फिल्मवृत्तमा चर्चा हुने भइहाल्यो तर
पुरा पढ्नुहोस्

नटिक्ने नायिका

गोकर्ण गौतम, जेष्ठ ८, २०७४

नयाँ अनुहारको आगमन र पलायन उस्तै–उस्तै
पुरा पढ्नुहोस्

मेरी प्यारी विन्दु: सतही प्रेमकथा

गोकर्ण गौतम, जेष्ठ ५, २०७४

आजकालको प्रेम ‘फास्ट फुड’जस्तै हुन्छ तर यस फिल्ममा दुई दशकसम्म आफूले मन पराएकी केटीको ‘ग्रिन सिग्नल’ पर्खिबस्ने प्रेमीको कथा भनिएको छ ।
पुरा पढ्नुहोस्

बल्ल मुख्य भूमिकामा

नेपाल संवाददाता , जेष्ठ ३, २०७४

नाई नभन्नु २ बाट सहायक भूमिकामा डेब्यु भएकी थिइन्, वर्षा सिवाकोटी । त्यसयता उनी अभिनीत सुब्बा साब र पशुपतिप्रसाद रिलिज भए । तर, सहायक भूमिकामै सीमित ।
पुरा पढ्नुहोस्

चुजी खगेन्द्र

नेपाल संवाददाता , जेष्ठ २, २०७४

एकाध फिल्म हिट हुनासाथ कलाकारहरु जति फिल्मको प्रस्ताव आउँछ, सकेसम्म सबै खेल्छन् । दयाहाङ राई र सौगात मल्ल पछिल्ला उदाहरण हुन् तर अभिनेता खगेन्द्र लामिछाने भने केही अलग र संवेदनशील देखिएका छन्, फिल्म छनोटको मामलामा ।
पुरा पढ्नुहोस्