झल्याकझुलुक

निर्देशनतिर लम्कने दाउ

नेपाल संवाददाता , चैत्र २८, २०७३

हिरोइन निर्माणमा होमिनु सामान्य भइसकेको छ, हामीकहाँ । त्यसो त ती फिल्ममा उनीहरुको अभिनय पनि हुन्छ तर यो पदचापबाट बाहिर निस्केकी छन्, नायिका निशा अधिकारी । राम्रा ब्यानरले पत्याउन छोडेपछि निशाले पनि निर्माणको बाटो रोजिन् तर आमहिरोइनले झैँ आफैँ हिरोइनचाहिँ बनिनन् ।
पुरा पढ्नुहोस्

फ्लपमा ह्याट्रिक ?

नेपाल संवाददाता , चैत्र २८, २०७३

आफ्नो फिल्मको ओइरो लाग्दा पनि कुनैले लोभलाग्दो व्यापार नगरेपछि निराश हुँदै मुम्बई भासिएका थिए, निखिल उप्रेती । तर, न भोजपुरी फिल्ममा उनले आफ्नो अदा पस्कन सके, न बलिउडमै । त्यसपछि नेपाल फर्कनुको विकल्प रहेन उनीसँग । आफ्नो करिअरको दोस्रो इनिङ्समा निर्देशकका रुपमा पनि देखापरे, भैरवमार्फत । अनि, भन्न थाले कि कम तर राम्रा फिल्म मात्र खेल्छु । दुर्भाग्य ! उनको यो बोली दुई वर्ष पनि टिक्न सकेन । पहिलेझैँ ‘ पाएजति खेल्ने’ पथमा लम्किरहेका छन् ।

जबकि, उनका पछिल्ला फिल्म किङ र निर्भयले बक्स अफिसमा हावा खाइसकेका छन् । त्यसअगाडि लुटेराले बल्लतल्ल लगानी उठाएको थियो । तैपनि, रिलिज हुन बाँकी निखिलका फिल्मको लाइन लाग्न थालेको छ । १ वैशाखमा राधे प्रदर्शन हुँदै छ । अब हेर्नुछ, राधेले फ्लप फिल्मको ‘ह्याट्रिक’बाट निखिललाई बचाउला त ?

पुरा पढ्नुहोस्

स्टारडम अब ओरालो

नेपाल संवाददाता , चैत्र २८, २०७३

यस वर्ष १८ चैतबाट रेखाको जम्मा एउटा फिल्म रिलिज भयो, पलाँस, त्यो पनि एकल रिलिज । अरु फिल्मसँग जुध्नु परेन । तैपनि, मल्टिप्लेक्स त परको कुरा, सिंगल थिएटरमा समेत उनले कमाल मच्चाउन सकिनन् ।
पुरा पढ्नुहोस्

प्रदीपको लामो प्रतीक्षा

नेपाल संवाददाता , चैत्र २२, २०७३

अनमोल केसीको विकल्पका रुपमा हेरिन थालियो । तर, प्रेमगीत रिलिज भएको १४ महिना बितिसक्दा पनि प्रदीपलाई अर्को फिल्ममा देख्न पाइएको छैन । भलै, यसबीचमा उनले आधा दर्जन फिल्मको अफर लत्याएको खबरले मिडियामा छाइरहे ।
पुरा पढ्नुहोस्

पाएजति खेल्ने काइदा

नेपाल संवाददाता , चैत्र २२, २०७३

नेपालजस्तो सानो बजारको फिल्म उद्योगमा एउटै कलाकारको यति धेरै फिल्म ‘स्टक’ रहनु प्रत्युत्पादक हुन्छ । त्यसमाथि राधेबाहेक अरु फिल्मको रिलिजको टुंगो छैन । तर पनि, ‘ब्रेक’ लिएकी छैनन् । चैत पहिलो साता अर्जुनकुमारको फाटेको जुत्तामा औपचारिक रुपमा अनुबन्ध भएकी छन् ।
पुरा पढ्नुहोस्

हरिया अब भिलेन

नेपाल संवाददाता , चैत्र १५, २०७३

रेशम फिलिलीको हाइप र हरिया बनेका कामेश्वर चौरासियाको वाहवाही हेर्दा लाग्थ्यो, अब कामेश्वरलाई फिल्मको ओइरो लाग्नेछ । आधा दर्जन फिल्ममा चट्नी भूमिकामा काम गरेपछि उनले रेशम फिलिलीमा मुख्य भूमिका पाएका थिए, त्यसमाथि यही फिल्मले बक्स अफिसमा रेकर्ड राख्यो ।
पुरा पढ्नुहोस्

सीमापारिकी साया

नेपाल संवाददाता , चैत्र १५, २०७३

युवापुस्ताले औधि रुचाएको उपन्यास हो, समर लभ । सुबिन भट्टराई लिखित यही उपन्यासमा फिल्म बनाउन लागिपरेका छन्, मुस्कान ढकाल । जब समर लभ फिल्मको घोषणा गरियो, उपन्यासकी मुख्य पात्र सायाको भूमिकामा को देखिन्छिन् भन्ने सवालले धेरै चर्चा बटुल्यो ।
पुरा पढ्नुहोस्

नपाएको कि नखेलेको ?

नेपाल संवाददाता , चैत्र १५, २०७३

अनु शाह अभिनीत डेढ दर्जन फिल्म रिलिज भए तर कुनैले कमाल मच्चाउन सकेनन् । डेब्यु फिल्म द युगदेखि युगसम्म, मिलाप, नागरिक, आई एम इन लभ, बाजीगर आदि आदि । नयाँ नायिकाको घुइँचो अनि लगातारको असफलता, यी दुई कारण हुन्, जसले उनको फिल्ममा चम्कने सपना पूरा हुन दिएन । अर्कोतिर उनको अभिनय कौशल रुचाउनेको पनि सधैँ खडेरी पर््यो ।
पुरा पढ्नुहोस्

फुर्ति फ्लप हिरोइनको

नेपाल संवाददाता , चैत्र १५, २०७३

चलेका कलाकारको घुर्की र घमन्ड सहेर भए पनि फिल्म खेलाउन निर्माता/निर्देशक बाध्य हुन्छन् तर फ्लप फिल्मको ओइरो लगाएकी हिरोइनले पनि यस्तै व्यवहार देखाउँदा चाहिँ उदेक लाग्दो रहेछ । नपत्याए नीता ढुंगानालाई हेर्नूस् ।
पुरा पढ्नुहोस्

सम्बन्धमा गडबडी !

नेपाल संवाददाता , फाल्गुन २३, २०७३

नेपाली फिल्मवृत्तमा न सम्बन्ध कसिलो हुन बेर लाग्छ, न दरार आउन । अघिल्लो दिनको दोस्ती भोलिपल्ट दुस्मनीमा बदलिनु सामान्य मानिन्छ यहाँ ।
पुरा पढ्नुहोस्

दुई फिल्म डुबेपछि...

नेपाल संवाददाता , फाल्गुन ४, २०७३

कति नवनायिकाले राम्रा ब्यानर र टिम पाउँदैनन्, त्यतिकै ओझेलमा पर्नुपर्छ । कतिचाहिँ चल्तीका निर्माता/निर्देशक र कलाकारसँग काम गर्न पाउँदा पनि चम्कन सक्दैनन् ।
पुरा पढ्नुहोस्

फेरि फिल्मको ओइरो

नेपाल संवाददाता , फाल्गुन ४, २०७३

कुनै समय थियो, निखिल उप्रेती एकै दिन तीन फिल्मको सुटिङ भ्याउँथे । खासमा यस्तो व्यस्तताका पछाडि उनको रहर कम बाध्यता बढी थियो ।
पुरा पढ्नुहोस्