स्वास्थ्य

परिवारभरि क्यान्सर

माधव बस्नेत, श्रावण २, २०७४

प्रारम्भिक चरणमै पहिचान हुँदा उपचार सम्भव भए पनि रोग लुकाउने प्रवृत्तिले बढी क्षति
पुरा पढ्नुहोस्

जापानमा पनि झारफुक

प्रभा बराल, कार्तिक २६, २०७३

“दिदी, कति व्यस्त हो तपाईंको फोन ? मैले कुरा गर्न खोजेको आधा घन्टा भइसक्यो,” बहिनी प्रबलाले भनिन् ।

सन् २०१२ को अक्टोबरमा दोस्रोपटक जापान पुगेकी म टोकियो सिबुवामा रहेकी मेरी स्कुले साथी विमला खतिवडासँग गफिइरहेकी थिएँ । उनी जापान बस्न थालेको आठ–दस वर्ष भएको थियो । श्रीमान् विद्यावारिधि गर्न जापान आएपछि उनीहरू यतै पलायन भएका थिए । उनीसँग म जापानी परिवेश र दिनचर्याका बारेमा गफ गरिरहेकी थिएँ । टोकियो घुम्न आउने प्रस्ताव पनि उनले राखेकी थिइन् । नयाँ नयाँ ठाउँ घुम्न पाए ज्ञानको क्षितिज पनि फराकिलो हुन्थ्यो । ‘गतिशील मानिसले नै जीवनमा अवसर प्राप्त गर्छन् । एकै ठाउँमा बसिरहने मानिसको अवसर पनि बस्छ र भाग्य पनि बस्छ’ भन्ने कुरा कता–कता पढेको याद आयो ।

“दिदी † आज म मानसिक शान्तिका लागि जापानी तान्त्रिककहाँ जाँदै छु । तपाईं पनि जाने हो भने आउनूस् । मेरी एउटी जापनिज साथी गाडी लिएर मकहाँ आउँदै छिन्,” प्रबलाले प्रस्ताव राखिन् ।
कसरी समय पास गरुँ भइरहेका बेलामा यस्तो खबर पाउँदा जान्न भन्ने त कुरै थिएन । ‘हुन्छ, म आइहाल्छु † ल आइहालेँ’ भनेँ । दस मिनेटको दूरीमा रहेकी प्रबला बहिनीको घरमा जान तयार भएँ र साइकल लिएर कुदिहालेँ । बिहानैदेखि घरको सम्झना आइरहेकाले दु:खी भइरहेकी थिएँ । मन कता कता भारी भइरहेको थियो । एकैछिन घरबाहिर निस्किए शरीर पनि चङ्गा होला भन्ने ठानेँ ।
हुन पनि जति नै भौतिक सुखसुविधाले विदेशको जीवन सम्पन्न भए पनि आफ्नो घर, परिवार र देशको मायाले पलपल रन्थनाउँदो रहेछ । जापान आएको भर्खर तीन महिना मात्र पूरा हुँदैछ तर पनि घरको झझल्कोले नसताएको कुनै क्षण छैन । मायालु छोराछोरी, वृद्ध सासू, छरछिमेक, अफिस, आफन्त सबै सबैको याद पालैपालो आइरहेको छ । यो कोसौँ टाढाको बिरानो ठाउँमा पनि घर, परिवार र छोराछोरीको यादले सताएको हँुदा खुलेर रमाउनै सकेकी छैन । पुसको अन्तिम महिना काठमाडौँमा पारिलो घाम लागेको होला । घाममा बसेर सुन्तला छोडाउँदै र खाँदै पत्रिका पढेर बस्नुको आनन्दको कति बयान गर्नु ! मन उतै छ, तन मात्र यता ।

हाम्रो देशमा कति ताता र निख्खर घाम छन् । सौर्य ऊर्जाले त हामीलाई वरदानै दिएको छ । ३ सय ६५ दिनमा तीन सय दिन त पूरै घाम लाग्छ हाम्रो देशमा तर त्यसको उपभोग गर्न पो हामीले जानेनौँ । विश्वमा यस्ता कति राष्ट्र छन् । जहाँ ६ महिना हिउँ मात्रै परिरहन्छ । १० महिनासम्म घामको मुखै देख्न पाइन्न । कतै ६ महिनासम्म लगातार वर्षा मात्र भइरहन्छ अनि ६ महिना सुक्खा । कहीँ मरुभूमि मात्रै, कही अधिक गर्मी । केही सुन्दर राष्ट्रमध्ये पनि औँलामा गन्न सकिने नमुनामा पर्छ नेपाल । यो थाहा पाएर पनि हामी चुपचाप बस्न बाध्य भइरहेका छौँ । नेताहरूले देशलाई निकास नदिँदा चारैतिर भद्रगोल मात्र छ ।

बाटो काट्ने ठाउँमा ठ्याक्क पुगेकी थिएँ, कानै खाने गरी रेल आउने साइरन बज्दा झसंग भएँ । बाटो वारिपारि दुवैतिर स्वचालित रूपमा रातो रङ लगाएको बाँसको बार लाग्यो । दुवैतिर मान्छे रोकिए । म पनि साइकलबाट ओर्लिएर पर्खिन थालेँ । परबाट सहरभित्र सानो दूरीका लागि सञ्चालन हुने रेल छुकछुक गर्दै आइपुग्यो । वारिपारि बाटो काट्न बसेका यात्रु हेरेका हेर्‍यै भएँ । रेल एक मिनेट जति रोकियो । केही यात्रु झरे । केही यात्रु चढे । रेलले पुन: गति लियो र पुन: छुकछुक गर्दै हिँड्यो । वाह ! यो पो विकास । यो पो सिस्टम । एकछिनसम्म हेरेको हेर्‍यै भएँ । भृकुटीमण्डपमा गाडी चढ्दाको तँछाडमछाड सम्झिन पुगेँ ।

हाम्रो देशमा कहिले पाइने होला सर्वसाधारणलाई रेलको सुविधा ? ठूलठूला कुरा मात्र गर्ने मान्छेले कहिल्यै काम गर्दैनन् भन्थे । हाम्रा नेतालाई भाषण गर्न र सभा/समारोह उद्घाटन गर्न जाँदै फुर्सद छैन । कहिले सोच्ने होलान् विकास निर्माणका कुरा ? घरको सम्झनामा न्यास्रिएको मन, देशको बेथिति सम्भिँmदा परदेशमा पनि गह्रौँ भयो । रेल हिँडेपछि सबै जना आ–आफ्नो बाटो लागे । म पनि साइकल डोर्‍याउँदै हिँडँे ।

जापानजस्तो यति विकसित देशमा पनि तन्त्रमन्त्रका कुरा हँुदा रहेछन् । यहाँका पनि आफ्नै मान्यता र चालचलन होलान् नि † जेहोस्, आजको दिन मेरो डायरीमा नयाँ विषयवस्तु थपिने भयो । मनमा यस्तै कुरा सोच्दै म प्रबला बहिनीको घरमा पुगेँ । उनी पनि चिटिक्क परेर बसिरहेकी रहिछिन् ।
हामी बसेको ठाउँबाट एक घन्टा पर ‘हितोछु’ भन्ने ठाउँमा जानुपर्छ भन्दै थिइन् । बेला बेलामा त्यहाँ जाँदा उनले मानसिक आनन्द पाउने भएकाले जाने आउने गर्दी रहिछन् । श्रीमान्ले विद्यावारिधि सकेपछि यतै जागिर खाएर बस्न थालेका उनीहरू नेपाली कम र जापानी बढी भइसकेका थिए । जापनिज भाषामा राम्रो दक्खल भएकी उनी हँसिली पनि थिइन् । उनका थुप्रै जापनिज साथी थिए । तीमध्येकी एउटी साथी गाडी लिएर उनलाई लिन आउँदै रहिछन् । प्रशस्त समय भएकी र नयाँ ठाउँ घुम्न लालायित हुने म नजाने कुरै भएन । कुरा सुन्ने बित्तिकै बतासिएर आइपुगेकी थिएँ म । एकैछिनमा जापानी साथी नाम्बा पनि आइन् र हामी गन्तव्यतिर लाग्याँै । ड्राइभर सिटमा बसेर नाम्बा सान सरर गाडी गुडाउँदै थिइन् चिल्ला सडकमा । मेरो परिवार र मेरा बारेमा उनी जिज्ञासा राख्दै थिइन् । म जापनिज भाषामा जानी नजानी बोल्दा त्यसलाई सच्याउने काम प्रबला बहिनीले गरिरहेकी थिइन् ।

मैले जापानी तन्त्रमन्त्र र झारफुक पद्धतिका बारेमा पनि उनीसँगै आफ्ना जिज्ञासाहरू राखेँ । “जापानमा पनि यस्ता कुरामा आस्था राख्ने मान्छे प्रशस्त छन्,” उनले भनिन् ।

देश जतिसुकै विकसित भए पनि आफ्नो धर्म, संस्कार र रीतिरिवाजसँग को नै अछूतो छ र ? त्यहाँ पनि रुढिवादिताका अवशेषहरू कायमै थिए । भूत–प्रेतका कथाहरू पनि जीवितै थिए अनि साइत पर्ने र नपर्ने कथाहरूको सिलसिला चलेकै यियो । एउटा शान्त वातावरणमा पुगेर हाम्रो गाडी रोकियो । हामी सरासर उक्लिएर माथिल्लो तलामा पुग्याँै । बिरामी परेर धेरै नै ख्याउटे देखिएका एक–दुई मानिस त्यहाँ उपचार गराउन आएका थिए । अरू धेरै मानिसहरू ध्यानमुद्रामा बसेका थिए । मैले ख्याउटे मानिसलाई के भएको भनेर जापनिज साथीसँग सोधेँ । उनीहरूलाई यस्तै केही लागेको छ रे भनिन् । यस्तो विकासशील देशमा पनि अझै लाग्यो भन्ने विश्वास गरेको देख्दा अन्धविश्वासले कहीँ पनि नछोड्ने रहेछ जस्तो लाग्यो ।

केही जापनिजहरू क्रिस्चियन धर्म मान्थे भने केही बुद्ध धर्म । केही भने विश्वका राम्रा कुरा जति अनुसरण गरेर बनाइने एउटा छुट्टै धर्म मान्थे । कुन भगवान् मान्नुहुन्छ भनेर सोध्दा ‘यही नै हो भन्ने छैन विश्वका सबै राम्रा धर्मका राम्रा कुरालाई हामी मान्छौँ’ भनेँ । हाम्रा तेत्तीस कोटि भगवान् भएजस्तै होलान् मैले यसरी सोचेँ ।

विदेशी पनि आफ्नो ठाउँमा आएको देख्दा उनीहरूलाई अचम्म लाग्यो । परिचयको हात बढाउँदै उनीहरू आए र इरास्याईमासे (तपाईंलाई स्वागत छ) भन्न थाले । “तपाईंलाई पनि तन्त्रमन्त्र गरेर रोग निको हुन्छ भन्नेमा विश्वास लाग्छ ?” उनीहरूकै ठाउँमा गइएको छ, विश्वास लाग्दैन त भन्नै भएन । ‘विश्वास लाग्छ’ भनेँ ।

सर्वप्रथम एक सयको सिक्का खाममा राखेर नाम र थर लेखेर भगवान्को मूर्तिमा चढाएपछि तीनपटकसम्म भुइँमा उठ्दै ढोग्दै गर्नुपर्ने रहेछ । तान्त्रिक महिला थिइन् । अरूले सुन्ने गरी एकछिनसम्म भट्याएपछि हाम्रो शरीरमा तथास्तु शैलीले शक्ति दिइरहँदा रहेछन् । शरीरको कुनै भाग दुखेको छ भने त्यहाँ अझ बढी हात राखेर शक्ति दिई राख्दा रहेछन् । हामीलाई आधा घन्टासम्म भुइँमा सुताएर पातलो कम्बल ओडाइदिएपछि उनीहरूले तन्त्रमन्त्र फुकिरहे र ‘अब भयो’ उठ्नूस् भनेपछि हामी उठ्याँै र उनीहरूलाई आरिगातो गोजाइमास (धन्यवाद) भनेर फर्कियौँ ।

धर्म गर्ने र झारफुक गर्ने पद्धति पनि मलाई नेपाली र जापानीको उस्तै उस्तै लाग्यो । हामी पनि शिर झुकाएर ढोग्छौँ, नमस्कार गर्छौं । आँखा चिम्लेर मन्त्रमा लीन हुन्छाँै । उनीहरू पनि त्यही त गर्दै थिए, मात्र भाषा फरक थियो तर प्रकृति एउटै । उनीहरूको धर्म गर्ने तरिकाबारे थाहा पाउँदा पनि मलाई के के न थाहा पाएजस्तै लाग्यो । आखिर संसार एउटै त हो नि ! निश्चित साँध सिमानाले मात्र तेरो देश र मेरो देश भनिएको त हो । जापानको यो छोटो बसाइमा धेरै कुरा थाहा पाउन पाए हुने जस्तो लागेको थियो तर भाषाको समस्याले चाहेजति सोध्न नपाउँदा मन भारी हुन्थ्यो ।

हामीलाई गाडीमा घुमाइदिने जापनिज महिला ४६ वर्षकी रहिछन् । तर, लवाइ र छोटो कपालले उनी २५/२६ वर्षकी जति लाग्थिन् । बिहे त भर्खर पोहोर मात्र गरेकी रे ! बच्चा त भएकै रहेनछ । जापानमा छोराछोरीले समयमै केटा वा केटी साथी रोजेनन् भने बाबुआमालाई औधी पिर पर्ने रहेछ । छोरा–छोरीको कतै बिहे नै हँुदैन कि भनेर । मेरी त छोरी नै १५ वर्षकी भई भन्दा छक्कै परिन् । उनीहरू जीवनलाई सोचेर, सम्झेर, बुझेर, नआत्तीकन केही समय केटा साथीसँग बसेपछि मात्र विवाहको निर्णयमा पुग्दा रहेछन् । हाम्रोजस्तो चिट्ठा किनेजस्तो कहाँ हुने रहेछ र ! हामी र हाम्रो संस्कृति धन्य छ, जहाँ विश्वमा पत्याउनै नसकिने संस्कृतिहरू हाम्रामा छन्, जसका सकारात्मक र नकारात्मक दुवै पाटा छन् ।

उच्च आत्मविश्वासका साथ उनले जापानी चिल्ला सडकमा सरर गाडी कुदाइन् । हामीले त्यसो गर्न नपाएकाले हो कि उनको हाउभाउ लोभलाग्दो थियो । बाटाघाटा राम्रा र ट्राफिक नियम कडा भए हामी पनि काठमाडौँका सडकमा गाडी कुदाउँथ्यौँ होला । हुन त कुदाउनेले कुदाएकै छन् तर नगण्य मात्र । जसरी स्कुटर र मोटरसाइकल चलाउने महिलाहरू बढ्दै गइरहेका छन्, त्यसै गरी भविष्यमा गाडी चलाउनेहरूको संख्या पनि बढ्ला । मैले नाम्बा सानलाई हेरेर मनभित्र दरो आशा जगाएँ ।
जापानीहरूको संस्कारका बारेमा अलिकता भए पनि जान्न पाएकामा खुसीको अनुभूति सँगाल्दै बेलुकीपख अपार्टमेन्टमा फर्किएँ । 

पुरा पढ्नुहोस्

क्यान्सरको पीडा

शिलु भट्टराई, कार्तिक २५, २०७३

जीवनमा अनगिन्ती समस्या आइपर्छन् भन्ने मलाई थाहा थियो । ती समाधान भएर जान्छन् भन्ने पनि थाहा थियो । अनि, शरीरमा रोग लाग्छ र त्यो निको हुन्छ भन्ने पनि मलाई थाहा थियो ।
पुरा पढ्नुहोस्

जन्डिसका सात भ्रम

प्रा. सुधांशु केसी, असार ७, २०७३

जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव पाउँछन् कि उनीहरू नै दोधारमा पर्छन् ।
पुरा पढ्नुहोस्

घातक तनाव

नारायण अमृत, वैशाख २६, २०७३

सहरमा अनेक प्रकारका मनोरोगी बढेका छन् । जीवनपद्धतिका कारण पनि मान्छेहरूमा तनावको मात्रा थपिँदै गएको छ ।
पुरा पढ्नुहोस्

गाउँको सरसफाईमा जुटे महिला

गोकर्ण गौतम, चैत्र ३, २०७२

नामटारको खानेपानीको उपलब्धता र सरसफाईमा महिलाले खेलेको नेतृत्वदायी भूमिका धेरैका लागि सामान्य हुनसक्छ । तर यसको बहुआयामीक प्रभावका बारेमा कमैको मात्र ध्यान पुग्छ ।
पुरा पढ्नुहोस्

तन्नेरी नसम्हालिँदा

जितेन्द्र साह, पुस २४, २०७२

आप्रवासी कामदारमा एचआईभी/एड्स संक्रमण
पुरा पढ्नुहोस्

डाक्टरको हाहाकार — छन् प्रति १ हजारका लागि ६.८ स्वास्थ्यकर्मी

रामु सापकोटा , भाद्र ७, २०७२

नेपाल मेडिकल काउन्सिलमा १८ साउनसम्म १८ हजार ५ सय ९१ जना डाक्टर दर्ता छन् । काउन्सिलमा दर्तावाल डाक्टरले मात्र बिरामी जाँच्न पाउने नियम छ । दर्ता भएका १८ हजार ५ सय ९१ चिकित्सकमध्ये विदेश पलायन भएका चिकित्सकहरूको तथ्यांक काउन्सिलसँग छैन । काउन्सिलमा दर्तावाल चिकित्सकमध्ये मृत्यु भएकाहरूको पनि तथ्यांक छैन ।
पुरा पढ्नुहोस्

पाठेघरबाहिर गर्भधारण, नेपालमा पनि छ समस्या

डा बालकृष्ण साह, भाद्र ३, २०७२

इटहरी–१० की बिना चौधरी, ३२, बिहान एक्कासि पेट दुख्न थालेपछि उपचारका लागि स्थानीय अस्पतालमा गइन् । परीक्षणपछि उनमा गर्भ रहेको थाहा भयो । तर, अल्ट्रासाउन्ड (भिडियो एक्सरे)ले उनको गर्भ पाठेघरमा नभएको देखायो । त्यसैले उनलाई विराटनगर पठाइयो ।
पुरा पढ्नुहोस्

पत्रु खुराकविरुद्ध पोषण

डा अरुणा उप्रेती, असार १३, २०७२

म्यागी चाउचाउमा हानिकारक रसायन देखिएपछि एकचोटि गहिरिएर सोच्नुपरेको छ, अब पत्रु खाना किन खाने?
पुरा पढ्नुहोस्

सेवाको सफलता

नारायण खड्का, चैत्र ८, २०७१

अस्ट्रेलियाको मेलबर्नस्थित मोनास युनिभर्सिटीकी छात्रा सेवा रिजालले क्यान्सर रोगसम्बन्धी अनुसन्धानमा एक गहन सफलता हात पारिन् ।
पुरा पढ्नुहोस्