शिक्षा

प्राज्ञिक पतनको नमुना

प्रमोद आचार्य, श्रावण ३०, २०७४

बौद्धिक चोरीमा उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकसम्मै
पुरा पढ्नुहोस्

आवरण कथा» यी हुन् टप टेन प्लस टु

रामबहादुर रावल, असार ६, २०७४

गत वर्ष १५ असारबाट लागू भएको संशोधित शिक्षा ऐनले उच्च माध्यमिक विद्यालयको अवधारणालाई मेटाउँदै कक्षा–१२ सम्मलाई नै माध्यमिक विद्यालयमा रूपान्तर गर्ने प्रावधान ल्यायो । नयाँ कानुनी प्रावधान अनुसार अब उच्च माध्यमिक (प्लस टू) तह माध्यमिक विद्यालयमा परिणत हुनुपर्छ । केहीले यो प्रक्रिया सुरु गरिसकेका छन् भने केहीचाहिँ नयाँ शिक्षा नियमावली तथा नीतिगत स्पष्टताको पर्खाइमा छन् ।

जे भए पनि विद्यालय शिक्षाको सबैभन्दा उपल्लो तह हो, कक्षा–११ र १२ । मुलुकभरका ३ हजार ५ सय १५ वटा शैक्षिक संस्थाले गत वर्षसम्म यो तहको परीक्षामा आफ्ना विद्यार्थी सामेल गराएका छन् । तिनैमध्येबाट छानिएका उम्दा शैक्षिक संस्थाहरूको नतिजा विश्लेषणका आधारमा छानिएका हुन् यी । विगत चार वर्षमा लगातार उत्तीर्ण दर उच्च भएका विद्यालयहरूको सूचीमा केही विगत वर्षकै दोहोरिएका छन् भने केहीचाहिँ नयाँ थपिएका छन् ।

मानभवन, ललितपुरको प्रसादी एकेडेमीले १० वर्षदेखि अविजित रूपमा आफ्नो प्रथम स्थान कायम राखेको छ । नेपालको तथ्यांक विश्लेषणमा उसले गत वर्षको औसत ९८.३५ अंकको तुलनामा यस वर्ष उत्तीर्ण दर ९८.४८ प्रतिशत पुर्‍याएको छ ।

दोस्रो स्थान पनि गत वर्षकै माइतीघर, काठमाडौँस्थित सेन्ट जेभियर्स कलेजले आफ्नो स्थान सुरक्षित गरेको छ । उसको नतिजा गत वर्षको (९८.०७) भन्दा यसपटक केही घटेको (९७.६६) छ । 
गत वर्ष चौथो स्थानमा रहेको बागबजारस्थित काठमाडौँ मोडेल कलेज (केएमसी) ९६.०७ प्रतिशत उत्तीर्ण दरका साथ एक स्थान माथि उक्लिएको छ । चौथो स्थानमा रहेको सेन्ट मेरिजको भने गत वर्षको (९६.१८) बाट ०.२८ अंक घटेको छ । र, उत्कृष्ट १० को सूचीमा परेका मध्ये यो एक मात्र छात्रा विद्यालय पनि हो ।

मध्यबानेश्वर, काठमाडौँको ग्लोबल कलेज अफ म्यानेजमेन्टले दुई वर्षदेखि पाँचाँै स्थान ओगटेर व्यवस्थापन मात्र अध्यापन गर्ने संस्थाहरूमा सर्वोत्कृष्ट संस्थाका रूपमा निरन्तरता पाएको छ । यसको विद्यार्थी उत्तीर्ण दर पनि गत वर्षकै (९५.३३) कायम छ । गत वर्ष सातौँ स्थानमा रहेको पोखराको सगरमाथा मावि यसपटक ९३.७१ अंकका साथ एक स्थान माथि उक्लिएको छ । तर, छैटौँ र सातौँका बीचमा पर्याप्त दूरी (१.६२) छ । सगरमाथालाई पछ्याउन आइपुगेको छ, साँगा, काभ्रेस्थित नेपाल प्रहरी विद्यालय । पछिल्ला चार शैक्षिक सत्रको कक्षा–११ र १२ को परीक्षामा यस संस्थाबाट औसत ९३.५८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

पकनाजोल, काठमाडौँको एनसीसीएस आठौँ स्थानमा उक्लिएको छ, जसले गत वर्षको आफ्नै अंक (९१.१९) मा १.६२ थपेको छ । गत वर्षको आठौँ उत्कृष्ट विद्यालय लिटिल एन्जल्स भने उत्कृष्ट १० को सूचीबाटै बाहिरिएको छ । 

भक्तपुरको सैनिक आवासीय महाविद्यालयको भने गत वर्षको स्थान (छैटौँ) र उत्तीर्ण दर (९३.६३) दुवैमा गिरावट आएको छ । यसपालि यो संस्था ९२.३३ अंक ल्याएर नवौँ स्थानमा पुगेको छ ।

जावलाखेल, ललितपुरको सेन्ट जेभियर्स स्कुलले पनि पहिलोपल्ट उत्कृष्ट १० को सूचीमा प्रवेश पाएको छ । अघिल्लो वर्षको अंक (९१) मा ०.४५ थप्दै यो विद्यालयले उत्कृष्ट १० मा नाम लेखाएको हो । गत वर्ष दसौँ स्थानमा रहेको दधिकोट, भक्तपुरको मोडर्न बोर्डिङ माविले भने यसपालि त्यो स्थान गुमाएको छ ।
गत वर्षको टप टेन सूचीबाट लिटिल एन्जल्स र मोडर्न बोर्डिङ बाहिरिनेमा परे भने नेपाल प्रहरी विद्यालय र सेन्ट जेभियर्स जावलाखेल पहिलोपल्ट उत्कृष्ट १० को सूचीमा चढे । नेपाल प्रहरी आवासीय विगतमा राम्रो नतिजा भए पनि कम विद्यार्थी संख्याका कारण उत्कृष्ट १० छनोटको मापदण्डभित्र परेको थिएन ।

यसै गरी सेन्ट जेभियर्स (माइतीघर), सेन्ट मेरिज, नेपाल प्रहरी, सैनिक आवासीय र सेन्ट जेभियर्स (जावलाखेल) अन्य निजी शैक्षिक संस्थाभन्दा भिन्न अर्थात् विभिन्न संस्थाहरूले सञ्चालन गरेका हुन् । यसपालि टप टेन सूचीमा विज्ञान मात्र पढाउने एउटा र व्यवस्थापन मात्र पढाउने दुईवटा प्लस टू परेका छन् । टप टेनमा उपत्यकाकै उच्च माविहरूको वर्चस्व यसपालि पनि कायम रह्यो । उत्कृष्ट १० माविको सूचीमा पोखराको सगरमाथाले उपत्यकाबाहिरबाट एक्लो उपस्थिति जनायो ।

सर्वोत्कृष्टको सूचीमा नपरे पनि डेकोचा, भक्तपुरको ख्व:प मावि नगरपालिकाबाट सञ्चालित नमुना शैक्षिक संस्थाका रूपमा लिन सकिन्छ भने पोखराको अमरसिंह मावि सामुदायिक विद्यालयहरूमा उम्दा रहेको छ । तर, यीबाहेक सामुदायिक विद्यालयहरूको प्रदर्शन निजी तथा संस्थागत विद्यालयहरूको तुलनामा निकै कमजोर छ । स्रोतसाधनको अभाव, असीमित विद्यार्थी संख्यालगायतका कारणले सामुदायिक विद्यालयहरूको उत्तीर्ण दर कम भएको हो । 

राजनीतिक संक्रमणसँगै पछिल्लो एक दशकमा उच्च माध्यमिक शिक्षा नीतिगत अन्योल र अस्थिरताका बीच गुज्रियो । यही बीचमा धेरै शैक्षिक संस्था व्यवस्थापकीय अस्थिरताका कारण उतारचढावमा परे । सुरुमा राम्रो नतिजा दिएका र उम्दा कहलिएका केही विद्यालय यही कारण उत्कृष्टको सूचीबाट बाहिरिन पुगे । केही भने आफ्नो क्षमताभन्दा बढी विद्यार्थी भर्ना गरेका कारण नतिजा कायम राख्न सकेनन् । त्यसैले सीमित उच्च माविले मात्र आफ्नो पुरानो साख कायम राख्न सकेको विगत दशकको टप टेन सूची 
विश्लेषणबाट देखिन्छ ।

गत वर्ष संशोधित शिक्षा ऐनका प्रावधानलाई व्यावहारिक कार्यान्वयनका निम्ति त्यस अनुरूपको नियमावली बन्न सकेको छैन । पुराना शैक्षिक संरचना पूर्णत: नयाँ कानुनी ढाँचामा आइसकेका छैनन् । तर, शून्य जोड दुई अर्थात् प्लस टू मात्र सञ्चालनरत संस्थाहरूले अब कम्तीमा कक्षा–९ देखि १२ सम्मको संरचनामा ढाल्नुपर्ने कानुनी बाध्यता छ । 

छनोट विधि

राष्ट्रिय परीक्षा बोर्ड (यसअघि उच्च माध्यमिक शिक्षा परिषद्)ले लिने वार्षिक परीक्षाको नियमिततर्फको परीक्षामा सहभागी भएका विद्यार्थीको संख्या र तिनको उत्तीर्ण दर यो वर्गीकरणको प्रमुख आधार हो । वर्गीकरणका क्रममा विगतको मापदण्डमा कुनै हेरफेर गरिएको छैन । 

यसपटक पनि न्यूनतम १ सय १९ विद्यार्थीलाई परीक्षामा सहभागी गराउने उच्च माविलाई छनोटको प्रारम्भिक सूचीमा राखिएको थियो । त्यसै गरी ०७० देखि ०७३ सम्मका चार शैक्षिक सत्रका कक्षा–११ र १२ गरी आठवटा परीक्षाको उत्तीर्ण प्रतिशतको औसत अंकका आधारमा प्राप्तांक दिइएको छ । र, उत्कृष्टताको क्रम पनि त्यही अंकका आधारमा निर्धारण गरिएको छ । कक्षा–११ र १२ मा लिइएका कम्तीमा चार वर्षका आठवटा नतिजा एउटै स्तरमा कायम गर्न सक्ने विद्यालयहरू यो सूचीमा समावेश छन् । तीमध्ये केही यस्ता विद्यालय छन्, जो लगातार एक दशकदेखि सर्वोत्कृष्ट सूचीमा ठाउँ सुरक्षित 
गर्दै आएका छन् । यसको अर्थ हो, औसतभन्दा बढी विद्यार्थी भर्ना लिने, उत्कृष्ट नतिजा ल्याउने र त्यो उत्कृष्टतामा स्थिरता कायम राख्न सक्ने विद्यालय मात्र अब्बल ठहरिएका हुन् ।

कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि नभएका होइनन् । तर, औसतभन्दा कम विद्यार्थी भएका विद्यालयलाई प्रतिस्पर्धामा सामेल गरिएन । त्यसै गरी न्यूनतम मापदण्डभित्र परेर पनि नतिजामा स्थिरता कायम गर्न नसक्ने उच्च माविहरू समग्र मूल्यांकनमा पछाडि परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सरकारका अन्य नियामक निकायको जाँचबुझका क्रममा परीक्षामा अमर्यादित गतिविधि गर्ने, परीक्षा केन्द्र आफू अनुकूल बनाउने, उत्तरपुस्तिका जाँच्ने क्रममा अनियमितता गर्नेजस्ता विकृतिमा संलग्न भएको प्रमाणित भएका विद्यालयलाई भने प्रारम्भिक सूचीबाटै हटाइएको छ ।


 

पुरा पढ्नुहोस्

विद्यालय अझै टाढा

राजकुमार राउत, माघ १०, २०७३

सिरहाको व्यापारिक केन्द्र लहान बजारदेखि पाँच किलोमिटर दक्षिणको गाढागाउँ, जहाँ डोम समुदायको बाक्लो बस्ती छ ।
पुरा पढ्नुहोस्

चम्किला विद्यालय, उज्याला शिक्षक

बाबुराम विश्वकर्मा, आश्विन २०, २०७३

निजी शिक्षण संस्थाको हल्लीखल्लीमाझ केही उदाहरणीय सरकारी विद्यालय
पुरा पढ्नुहोस्

आवरण कथा» भएजति शिक्षक पार्टीका पिछलग्गू

बाबुराम विश्वकर्मा, आश्विन ९, २०७३

डेढ लाख सरकारी शिक्षकमध्ये लगभग सबैजसो राजनीतिक दलका सदस्य र त्यसमध्ये करिब १७ हजार शिक्षक नेता–कार्यकर्ता
पुरा पढ्नुहोस्

अक्षम शिक्षक, ध्वस्त शिक्षा

बाबुराम विश्वकर्मा, भाद्र २१, २०७३

बिनाप्रतिस्पर्धा आफन्तलाई जागिर ख्वाउँदा सार्वजनिक शिक्षा धराशयी
पुरा पढ्नुहोस्

नयाँले नपाउने, पुराना चलिरहने

रामबहादुर रावल, असार १९, २०७३

सीमित निजी स्कुल सञ्चालकको स्वार्थमा शिक्षा ऐन संशोधन
पुरा पढ्नुहोस्

के पढ्ने ? कहाँ पढ्ने ?

जीवन लिम्बू, असार ६, २०७३

आजका एसएलसी उत्तीर्ण विद्यार्थी र तिनका अभिभावक धेरै अन्योल, द्विविधा र भ्रमबाट गुज्रिरहेका छन् । विद्यार्थी तथा अभिभावकका सामु उपलब्ध धेरै विकल्प र हाम्रो शिक्षा प्रणालीको अस्पष्टताका कारण पनि यस्तो अन्योल र द्विविधा बढाएको हो ।
पुरा पढ्नुहोस्

उत्कृष्ट प्लस टू-२०७३

रामबहादुर रावल, असार ५, २०७३

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को शैक्षिक सत्रको अन्त्यमा लिने परीक्षाको नियमिततर्फको नतिजा विश्लेषणका आधारमा यी उत्कृष्ट उच्च मावि छानिएका हुन् ।
पुरा पढ्नुहोस्

तीन अर्बको ‘विदाइ’

नारायण अमृत, जेष्ठ ११, २०७३

सार्वजनिक विद्यालयलाई अस्थायी शिक्षकरहित बनाउने योजना
पुरा पढ्नुहोस्

अध्यक्षमा मारामार

सञ्जय मिश्रा/गौर, जेष्ठ ३, २०७३

विद्यालयको निजी स्रोत तथा स्थायी सम्पत्तिबाट व्यक्तिगत फाइदा लिँदै आएका राजनीतिक दलका नेता, कार्यकर्ता, टाठाबाठा, व्यापारी सबैका लागि कमाइ खाने भाँडो बनेका छन् सामुदायिक विद्यालय । उनीहरूको एक मात्र ध्याउन्न साम, दाम, दण्ड, भेदको प्रयोग गरी विद्यालय कब्जा गर्नु हुन्छ ।
पुरा पढ्नुहोस्