नोटबुक

शेरबहादुरको सुरुवाल

नेपाल संवाददाता , पुस १, २०७४

गत वर्ष २७ फागुनको नेपालमा नेपाली कांग्रेसका सभापति (प्रधानमन्त्री भइनसकेका) शेरबहादुर देउवाको कार्टुन चित्र आवरणमै छापिएको थियो, आवरण सामग्री पनि उनकै बारेमा थियो । त्यस आवरण चित्रमा देउवाको सुरुवाल फुस्किएर झरेको छ ।
पुरा पढ्नुहोस्

काठमाडौँका सात अश्वारोही

राजकुमार बानियाँ, पुस २, २०७४

काठमाडौँमा पर्यटकले प्रायस् टुँडिखेल वरपर क्यामरा घुमाइरहेको देख्छु, खासगरी घोडचढी सालिकमा । हामी त दिनहुँ देखे पनि नदेख्याजस्तै गर्छौं । उनीहरु रुखपात र पर्खालले छेकिएका तस्बिर खोजीखोजी खिच्छन् । टुँडिखेल चौरवरिपरि त्यस्ता सात थान अश्वारोही सालिक छन् । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर, उनका रोलक्रमका भाइ प्रधानमन्त्रीहरु रणोद्दीप सिंह, वीरशमशेर, चन्द्रशमशेर, जुद्धशमशेर, कमान्डर इन चिफ भाइ धीरशमशेर र राजा पृथ्वीवीर विक्रम शाहका । 

०१७ साल पहिले सुन्धारा, जमल, विशालबजार, जावलाखेल आदि चौबाटा ९चोक०मा रहेका यी सालिक सडक विस्तारका क्रममा टुँडिखेलवरिपरि सरुवा भए । त्यस क्रममा केही सालिकमा टुटफुट पनि भयो । खासगरी सदर टुँडिखेलसँगै दक्षिणपट्टि चौरको त्रिपुरेश्वर जाने पश्चिम–उत्तर कुनास्थित जंगबहादुरको हातमा रहेको तरबार भाँचिएको छ । 
युरोप भ्रमणका क्रममा १० भदौ १९०७ मा फ्रान्सको सर्टरी मैदानमा सैनिक परेड हेर्न घोडालाई नियन्त्रणमा लिई जुलुस कति पछाडि पर्‍यो भनी जंगबहादुरले फर्की हेरेको सम्झनामा सालिक बनाउन लगाइएको इतिहासप्रधान जर्नल रोलम्बको अंक २३ मा उल्लेख छ । सालिकको मुन्तिर ‘टी ब्रोक्स १८८१ लन्डन’ लेखिएकाले यो सालिक उतिबेलै बेलायतमा निर्माण भएको अनुमान गर्न सकिन्छ ।
राष्ट्रको सम्पदा बनेका यी ऐतिहासिक सालिकहरु सैनिक इलाकामा भएकाले मात्र क्रान्तिकारी निसानामा परेनन् । र, आज चर्चा गर्न पाइयो । यिनीहरुलाई ढाल्नुपर्छ भन्ने मात्र थाहा हुन्छ, कुनै दिन आफूलाई पनि यसैगरी ढालिन्छ भन्ने पत्तै हुन्न । नत्र उनीहरुले पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटालाई जस्तै लोप्पा खुवाइसक्थे । प्रजातन्त्रको ठाउँमा ‘लोकतन्त्र’ जो आएको छ ।

 

हजाम कि डाक्टर र?
अफिसबाट फर्केर राती १० बजे भान्सामा पसेको थिएँ । सेतो पुतलीले नाच्दै आएर देब्रे कानमा चुम्यो । हातले धपाउन खोज्दा कानभित्रै घुसिहाल्यो । इयरबडले जति निकाल्न खोज्छु, ऊ उति उफ्रिपाफ्री गर्न थाल्छ । कानको जाली नै भत्काउने गरी चल्न थाल्यो । पुतली छटपटाउन थालेपछि आत्तिँदै नजिकैको मनमोहन सामुदायिक अस्पताल, ठमेल गएँ । 
डाक्टर खाना खान गएका रहेछन् । उनी नआउन्जेल सहयोगीहरुले टर्च बालेर कान खोतल्न थाले । कोही ‘केही छैन’ भन्छन्, कोही ‘छ–छ’ भन्छन् । लामो प्रतीक्षापछि डाक्टर आए । कसैलाई केही पनि नसोधी मलाई हप्काउन थाले, ‘कस्तो फोहोर 
कान रु केही देखिँदैन ।’ 
एकछिनपछि अब सुई हाल्नुपर्छ भन्न थाले । त्यो न कानको अस्पताल हो, न त कानको डाक्टर हो । एकैचोटि सुई हाल्नुपर्छ भनेपछि म तर्सिएँ । पुतली अझै जोडजोडले उफ्रिन थालेको थियो कानमा । एक घन्टापछि के सोचे कुन्नि रु टिचिङ अस्पताल जाऊ भने । तर, म गएँ– नाक, कान, घाँटी ९ईएनटी० अस्पताल बागबजार । 
त्यहाँका डाक्टरले पनि यसो हेरे । हजामजसरी कैचीले कानका रौँ खुर्किदिए । भन्न थाले, ‘यो ठूलो केस रहेछ । भोलि आउनूस्– सिनियर डाक्टरले हेर्छन् ।’ नजिकै रहेका उनका सहयोगी आए र एक घन्टाजतिमा के–के छिराए र चार टुक्रा पारेर पुतली निकालिदिए । 
हालसालै चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम०को एमबीबीएस प्रवेश परीक्षामा चिट चोरेको हल्ला सुनिएको थियो । फेरि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६२ प्रतिशत डाक्टर फेल भएको खबर पढेपछि मैले त्यो घटना सम्झिएँ । अहिले सबै पैसाका डाक्टर छन् । एक करोड रुपियाँ जोसँग छ, ऊ डाक्टर भइहाल्यो । डाक्टरी डिग्री किनुवा कागजजस्तो मात्र भयो । यस्ता डाक्टरी देखेर फेसबुकमा खुमनारायण पौडेलले लेखेका छन्, ‘यस्ता एमबीबीएस डाक्टर हुनुभन्दा बरु हजाम हुनु वेश । आखिर कैँची नै चलाउने हो । हामीलाई अयोग्य डाक्टरभन्दा योग्य हजामको खाँचो छ ।’

अघोषित आरक्षण
काठमाडौँमा अक्सर हिँडेरै काम चलाउँछु । कहिलेकाहीँ सार्वजनिक यातायात नचढी धरै पाइन्न । चढ्दा पनि सुखद अनुभव लिन पाएको छैन । छिटो जानुपर्दा माइक्रोबसको फेला परिन्छ । यिनीहरुले महिला, वृद्ध र अपांग आरक्षणसमेत टाँगेका हुन्छन् । तर, महिलाको आरक्षित सिटमा युवतीहरु बस्न रुचाउँदैनन्, अन्यान्य सिट ओगटेका हुन्छन् । ढोकै सामुन्ने र अगाडिको ‘ग्याप’मा बाख्राको खोरमा जस्तो मान्छे कोचार्ने भएकाले होला । महिला आरक्षित सिटनेरको ‘ग्याप’मा कतिपय खलासी साहेबहरु पुरुषलाई उभिन पनि दिँदैनन् । त्यो महिलाको उभिने ठाउँ अरे १ 
कहिलेकाहीँ ड्राइभरनेरको सिट खाली देखेर हाम फालेर गयो, ‘ मान्छे छ, यता नआउनूस्’ भन्छन् । त्यसमा ड्राइभरको तजबिजी हुँदो रहेछ । मानौँ, पुरुष या बूढाबूढी मान्छे नै होइनन् । आफूनेरको सिटमा युवतीकै लागि ‘अघोषित आरक्षण’ गरेका हुन्छन् । यस्तो जाडोमा पाखुराभरि ट्याटु देखाएरै स्टेरिङ समात्ने ड्राइभरलाई बढ्तै ‘न्यानो’ चाहिन्छ । माइक्रोवालालाई यात्रुले पनि कहिल्यै पुग्दैन । यात्रु कम भयो भने थप एक राउन्ड सहिदगेट–रत्नपार्क घुमाइदिनुमा पनि गर्व नै गर्छन् । कहिलेकाहीँ लाग्छ, यस्तो सार्वजनिक यातायात त शत्रुले पनि चढ्नु नपरोस् । 

पुरा पढ्नुहोस्

दह्रो प्रहार कहिले ?

सन्तोष आचार्य, आश्विन ९, २०७४

गोपाल खड्का प्रवृत्ति शक्तिमा रहँदा समाजको ठूलो हिस्सा उसको ताबेदार बन्न तँछाडमछाड गर्छ । सामाजिक दण्डभागी हुनुपर्ने यस्ता पात्रलाई पुज्ने परम्पराजस्तै छ हामीकहाँ । यसैले भ्रष्टाचारी हुनु पनि एउटा ल्याकत ठानिन्छ ।
पुरा पढ्नुहोस्

जारी छ, भ्रष्टाचारको आन्दोलन

नेपाल संवाददाता , आश्विन ९, २०७४

सरोकारवाला शक्तिकेन्द्रहरुमा ‘कुत’ बुझाउन सक्ने र त्यसका लागि ‘भ्रष्टाचारको बाली’ उमार्न सक्ने, यही हो योग्यता– घपलाविद् गोपाल खड्काको । ‘प्रक्रिया मिलाएर भ्रष्टाचार’ गर्न सक्ने योग्यता हो उनको ।
पुरा पढ्नुहोस्

झन्डै पदकको पासो

मनबहादुर बस्नेत, भाद्र १९, २०७४

“हेलो ! फलानो सर बोल्नुभएको होइन ?” “हो,” निश्चित भएपछि आफ्नो परिचयसहित फोन गर्नुको उद्देश्य बताएँ ।निकै ध्यान दिएर सुनेपछि उनले मैले खोजेको सूचना दिनुअगावै अचानक सोधे, “पत्रकारिता गर्नुभएको कति भो ?”
पुरा पढ्नुहोस्

नोटबुक

जनक नेपाल, पुस १९, २०७३

त्यसै त फ्लाइट डिले । त्यसमाथि एयर ट्राफिकजामले भैरहवा–काठमाडौँ उडानमै बुद्ध एयरले झन्डै एक घन्टा लगायो ।
पुरा पढ्नुहोस्