प्रविधि

स्थानीय सरकारका मोबाइल एप्लिकेसन

विभु लुइटेल, भाद्र ३०, २०७५

जनताका समस्या सुन्न चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय सरकारले आ–आफ्नै मोबाइल एप्लिकेसन ल्याउने जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।
पुरा पढ्नुहोस्

संगीत र प्रविधि

विभु लुइटेल, भाद्र २८, २०७५

भारतको उत्तरपूर्वी सहर सिलाङमा बस्दा पहिलो पटक इलेक्ट्रोनिक प्रविधिसँग साक्षात्कार गर्न पाए, सनुप पौडेलले । फ्ल्याट फाइबर एन्टेना भएको मर्फीको भीमकाय रेडियोमा उनी त्यहाँका स्थानीय एफएम मात्र नभई रेडियो नेपाल पनि सुन्ने गर्थे । कहिलेकाहीँ आर्मी क्याम्पमा रंगीन टिभी हेर्न पुग्थे । त्यो समय सम्भँmदै भन्छन्, “एक दिन त दिनभरि टिभी हेरेर बसेछु । आमाको खुब कुटाइ खाएँ ।” 
सन् २००७ मा बेलायत गएका बेला सनुपले पहिलो पटक मोबाइल फोन देख्न पाए । स्नेक्स गेम भएको नोकियाको उक्त ह्यान्डसेटले उनको मन लोभ्यायो । नेपाल फर्किएर किनेको नोकिया ६२३० आईको तस्बिर उनको मानसपटलमा अझै ताजै छ । भन्छन्, “१६ हजार रुपैयाँ तिरेर न्युरोडमा किनेको । अहिले त त्यतिमा एउटा स्मार्टफोनै आउँछ ।” 


फोटोग्राफीका सौखिन सनुपले अहिलेसम्म जति फोन किने, राम्रा फोटो आउने मात्रै किने । सोनी इरिक्सन सी–९०५, एचटिसी डिजायर, आइफोन ५–एस, स्याओमीका अनेक फोन प्रयोग गरिसकेका उनी अहिले भने एमआई ए–१ प्रयोग गर्छन् । भन्छन्, “यसको पोट्रेट मोडको फ्यान हुँ । तस्बिर निकै सुन्दर आउँछ ।” त्यसले खिचेका राम्रा तस्बिर उनी इन्स्टाग्राममा अपलोड गरिहाल्छन् । 


गीत रेकर्ड गर्ने प्रविधि अहिले एनालगबाट पूर्ण रुपले डिजिटलमा परिणत भइसकेको छ । भारतको दूरदर्शन च्यानलमा दुई दशकअघि प्रसारित हुने एक कार्यक्रमका लागि उनले पहिलो पटक गीत रेकर्ड गराएका थिए । सम्झन्छन्, “स्पुलमा रेकर्ड गराएको थिएँ । अहिले त गुणस्तरीय डिजिटल रेकर्डिङ प्रविधि आइसके ।”
प्रविधिले रेकर्डिङ त सहज बनाइदिएको छ । तर, गीतमा प्रयोग हुने संगीतलाई भने केही प्रतिकूल असर पारेको उनको अनुभव छ । पहिले संगीतकारका औँला सांगीतिक उपकरणमा बेतोड दौडन्थे । अहिले भने धेरैजसोले डिजिटल स्याम्पल साउन्ड नै प्रयोग गर्ने गुनासो उनी पोख्छन् । भन्छन्, “प्रविधिले ल्याएको नकारात्मक पक्ष हो यो । हिजोआजका धेरैजसो गीत पहिलेका भन्दा निरस सुनिन्छन् ।” 


अहिले एसरको ल्यापटप प्रयोग गरिरहेका सनुप छिट्टै आइप्याड र म्याकबुक खरिद गर्न चाहन्छन् । उनले खरिद गर्न चाहने ग्याजेटको फेहरिस्त लामै छ, अधिकांश त गीतसंगीतसँगै सम्बन्धित छन् । जस्तै, टिसी हेलिकनको भोकल प्रोसेसर । ट्रयाकमा नभई ब्यान्डमा गाउन रुचाउनेका लागि यो फलदायी रहने उनको धारणा छ । टेलर बेबी माहोगनीको गिटार र त्यो बजाउँदाको अनुभव सहज पार्ने एम्प्लिफायर पनि उनको ‘विसलिस्ट’ मा छन् ।

पुरा पढ्नुहोस्

क्रिप्टोकरेन्सी माइनिङलाई चुनौती

विभु लुइटेल, भाद्र २६, २०७५

मोजिला फायरफक्सले अब क्रिप्टोकरेन्सी माइनिङ गर्ने स्क्रिप्ट ब्लक गर्ने भएको छ । फायरफक्स ६३ को आगमनसँगै यो प्रविधि क्रियाशील हुनेछ ।
पुरा पढ्नुहोस्

ह्याप्पी बर्थडे गुगल

विभु लुइटेल, भाद्र २५, २०७५

हालै गुगलले आफ्नो बीसौँ वार्षिकोत्सव मनायो । सन् १९८८ मा स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरिरहेका ल्यारी पेज र सर्गेई ब्रिनले सर्च इन्जिनका रुपमा सुरु गरेको गुगल अहिले अधिकांशको जीवनको महफ्वपूर्ण हिस्सा बनिसकेको छ ।
पुरा पढ्नुहोस्

कार्टुनिफाई गर्दै जीबोर्ड

विभु लुइटेल, भाद्र २२, २०७५

आफ्नै मुहारको इमोजी बनाउने प्रविधि गुगल किबोर्ड (जीबोर्ड) ले ल्याएको छ । कलाकारको दृष्टान्त, मेसिन लर्निङ र न्युरल नेटवर्कका प्रविधि यसमा प्रयोग भएका छन् ।
पुरा पढ्नुहोस्

सुरक्षित छैनन् ब्याकअप

विभु लुइटेल, भाद्र २०, २०७५

ह्वाट्स्याप सेवाप्रदायक फेसबुकले गुगलसँग ह्वाट्स्यापका च्याटको ब्याकअप गुगल ड्राइभमा राख्ने सम्झौता गरे पनि ती सबै कूटलेखन नगरी जस्ताको तस्तै राखिने तथ्य बाहिर आएको छ । त्यसैले ती च्याट सुरक्षित रहने छैनन् ।
पुरा पढ्नुहोस्

“रिपोर्टको ढड्डाले ढाड कुप्रिन छाड्यो”

विभु लुइटेल, भाद्र १९, २०७५

प्रविधिका अनेक पक्षसँग परिचित छिन्, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारी । ग्याजेट किन्दै जाने क्रममा नोकियाको सानो सेटबाट उनी अहिले एप्पलसम्म आइपुगेकी छन् । “एप्पलका फोन महँगो हुने हुँदा हतपत अपग्रेड गर्ने योजना भने छैन ।
पुरा पढ्नुहोस्

गुगललाई ट्रम्पको आरोप

विभु लुइटेल, भाद्र १८, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै गुगललाई ‘ट्रम्प न्युज’ भनी खोज्दा हावादारी समाचार मात्र दिने गरेको आरोप लगाएका छन् । ट्वीटमा उनीलगायत निकटका व्यक्तिको आवाज गुगलले दबाउन खोजेको भनिएको छ । ट्वीटमार्फत नै उनले सीएनएनलाई ‘झुटा’ को संज्ञा दिएका छन् ।
पुरा पढ्नुहोस्

डाटा बाँड्दै मोजिला

विभु लुइटेल, भाद्र १८, २०७५

कुन ब्रान्ड र मोडलको उपकरणमा प्रयोगकर्ताले फायरफक्स ब्राउजर चलाइरहेका छन् भन्ने तथ्यांक सन् २०१६ मा फायरफक्सले प्रकाशित गर्‍यो । अब भने फायरफक्स हार्डवेयरको होइन, सफ्टवेयरको रिपोर्ट प्रकाशनमा ल्याउने प्रक्रियामा छ ।
पुरा पढ्नुहोस्

टिन्डरको विद्यार्थी भर्सन

विभु लुइटेल, भाद्र १४, २०७५

जोडी खोज्न सघाउने मोबाइल एप्लिकेसन टिन्डरले विद्यार्थी भर्सन ‘टिन्डर यु’ ल्याएको छ । यसमा मूल एप्लिकेसनभन्दा भिन्नता त छैनन् । तर, आफू अध्ययन गर्ने संस्थावरपर पार्टनर भेटाउन यसले सघाउ पुर्‍याउँछ ।
पुरा पढ्नुहोस्

एप्पल–चीन चिसोपन

विभु लुइटेल, भाद्र १४, २०७५

नियाँ मिडियाले एप्पलको खोइरो खन्न थालेको वर्षौं भइसक्यो । बेलाबखत एप्पलबारे नकारात्मक टीकाटिप्पणी प्रकाशित गरेर एप्पललाई चीनमा आफ्ना सेवासुविधा कम गर्दै लैजान नैतिक दबाब दिने कार्य त्यहाँका सञ्चारमाध्यमले गर्छन् ।
पुरा पढ्नुहोस्