अचानक

‘बासी पस्केर दिन्नँ’

मनबहादुर बस्नेत, श्रावण ३०, २०७५

अहिले नेपालको अवस्था काटीकुटी त्यस्तै छ । सबैतिर भद्रगोल । नियम/कानुन छैन । नाटक हेर्नेहरूले त हाम्रै पीडा ठान्छन् ।
पुरा पढ्नुहोस्

‘क्यामेरा मेरी गर्लफ्रेन्ड’

मनबहादुर बस्नेत, श्रावण २३, २०७५

फोटो जर्नलिस्ट क्लबको फोटो प्रतियोगितामा यसपालि हाम्रा पूर्वसहकर्मी नरेन्द्र श्रेष्ठको फोटो उत्कृष्ट भयो । क्लबको प्रतियोगितामा उनको तस्बिर दोस्रो पटक पुरस्कृत भएको हो । हाल युरोपियन प्रेस फोटो एजेन्सीमा आबद्ध श्रेष्ठसँगको कुराकानी :

फोटो खिच्न सही समय र सही ठाउँमा पुग्नु कत्तिको महत्त्वपूर्ण हुन्छ ?

फोटो पत्रकारको काम नै सेकेन्ड सेकेन्डका मुभमेन्ट क्याप्चर गर्ने हो । सही ठाउँमा सही समयमा पुगिएन भने त अर्थै हुँदैन ।

त्यसका लागि के गर्ने त ?

अरुले हेर्दा ह्या ! फोटो खिचेको त हो नि जस्तो मात्र देखिन्छ । तर, त्यसमा ठूलो अध्ययन र मिहिनेत लागेको हुन्छ ।

पुरस्कृत फोटोमा चाहिँ अध्ययन छ कि मिहिनेत ?

म त्यहाँ अध्ययन गरेर पुगेको थिएँ । म नेपाल फ्लड अलर्ट एकाउन्ट भएको ट्विटर पछ्याउँछु । यसले वर्षायाममा कहाँकहाँ बाढी आउन सक्छ भनेर भविष्यवाणी गर्छ । त्यसले उक्त क्षेत्रमा सोही दिन बाढी आउन सक्ने भविष्यवाणी गरेको थियो । अछाम जाने कि सप्तरी भन्ने रोज्ने अवसर थियो मलाई । उक्त अध्ययनका कारण मैले सप्तरी छानेँ । त्यहाँ केही हुन सक्छ भन्ने अन्दाज थियो ।

सही ठाउँ र सही समयमा मिहिनेतले पुगिन्छ कि भाग्यले ?

भाग्यले एक–दुईचोटि पुग्न सकिन्छ होला । तर, मुख्य कुरा मिहिनेत र अध्ययन नै हो ।

यसअघि र यसपालि जितेको रकम फोटोका पात्रलाई दिनुभयो । अब जित्नुभयो भने पनि पात्रलाई नै दिने हो ?

दिने/नदिने अलग कुरा हो । फोटो पत्रकारितामा दुई दशक बिताएँ । द्वन्द्वका बेला लास, आँसु र रोदनका फोटो खिचेँ । यस्ता दृश्यले मेरो व्यक्तिगत जीवनमा असर गरिरहेको हुन्छ । अरुले देख्दाचाहिँ तस्बिरको पात्रलाई सहयोग गरेजस्तो हुन्छ । तर, आफैँले आफैँलाई सहयोग गरेको हो मैले ।

कसरी ?

हिमाल हाँसेको वा प्राकृतिक सुन्दरता खिचेर पाएको पुरस्कार होइन । उनीहरुको पीडा, दु:ख खिचेको हुँ । हामी त फोटो खिच्छौँ, सकियो । उनीहरुलाई सहयोग गर्ने अवसर कमै हुन्छ । त्यस्तो पैसा आफैँले राखेँ भने आफैँलाई माफ गर्न सक्दिनँ भनेर पात्रलाई नै दिएको हुँ ।

देखेर पनि फोटो खिच्न नपाएको क्षण ?

ठ्याक्कै छुटेको छैन ।

यस्तो पनि सम्भव छ ?

म क्यामेरालाई गर्लफ्रेन्डजस्तो मान्छु । कुनै मोमेन्ट नछुटोस् भनेर जहाँ जाँदा पनि सानो क्यामेरा बोक्छु । यो हाम्रो कर्तव्य हो ।

फोटो खिचेर समय बर्बाद गरेको क्षण सम्झनुहुन्छ ?

त्यस्ता घटना धेरै छन् । ठ्याक्कै सम्झिन सकिनँ । दिनभरि हिँडिन्छ । एउटै गतिलो फोटो खिच्न नसकेको कति छ कति । घन्टौँ बिताए पनि राम्रो फोटो त सेकेन्डमै खिचिने हो ।

नेपाल र विदेशमा गरिने फोटो पत्रकारितामा के भिन्नता रहेछ ?

बाहिरका मिडियामा काम गर्दा आफूलाई ज्यादै स्वतन्त्रता पाएको छु । तर, नेपालमा छैन । जहिल्यै भोलिपल्ट पत्रिका छाप्नैपर्ने, पेज भर्नैपर्ने दबाब हुन्छ । ‘कम्प्रोमाइजिङ’ तस्बिर खिच्नुपर्ने हुन्छ । विदेशी मिडियामा महिनामा दुइटा फोटो खिचे पनि हुन्छ । सिर्जनशील बन्ने, सोच्ने फुर्सद हुन्छ ।

पुरा पढ्नुहोस्

‘महिला प्रधानमन्त्री किन नहुने ?’

मनबहादुर बस्नेत, श्रावण १४, २०७५

राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख महिला भइसकेका छन् भने प्रधानमन्त्री किन नहुने ?
पुरा पढ्नुहोस्

‘आफ्नै मनोबलसँग चकित हुन्छु’

मनबहादुर बस्नेत, श्रावण १०, २०७५

कम उमेरमै आफ्नो आत्मकथा आउँदा खुसी नहुने कुरै छैन । तेस्रो लिंगी नभएको भए सायदै मेरोबारे पुस्तक निस्कन्थ्यो र जीवनकथा पढिन्थ्यो ।
पुरा पढ्नुहोस्

‘कत्थक नाच्ने पुरुष भेटिनँ’

मनबहादुर बस्नेत, असार २१, २०७५

कत्थक नृत्य जान्ने पुरुष लामै समय खोजेँ । तर, यस्ता पुरुष रहेनछन् । केही सीप नलागेपछि केटीले नै केटाको भूमिका गरियो ।
पुरा पढ्नुहोस्

‘विश्वकपको सपना देख्छु’

मनबहादुर बस्नेत, असार ८, २०७५

कल्पना मात्रै होइन, सपनै देख्छु । जितेर नेपालको झन्डा फहराउँदै मैदानमा दौडेको देख्छु । युरोपेली क्लबबाट खेलेको पनि देख्छु । तर, त्यो हाम्रा लागि सपना मात्रै हो । एउटा दुइटा प्रतिस्पर्धाले त्यहाँ पुग्न सकिँदैन । हाम्रो अवस्था एकदम नाजुक नै देख्छु ।
पुरा पढ्नुहोस्

‘आख्यान मेरो मैदान होइन’

मनबहादुर बस्नेत, जेष्ठ ३०, २०७५

आफू जीवित पत्रकार हो भनेर चिनाउन पनि लेख्नुपर्छ । आफूसँगको जानकारी अरूलाई दिनु उसको प्राथमिक दायित्व हो ।
पुरा पढ्नुहोस्

‘लोकगीतले सेलिब्रिटी बनाइदियो’

मनबहादुर बस्नेत, जेष्ठ २०, २०७५

लोकगीत गाएर यति ठूलो चर्चा पाउँछु भनेर कहिल्यै सोचेको थिइनँ । लोकगीत गाएर ठूलो सेलिब्रिटी बनिँदैन भन्ने हीनताबोध थियो ममा । त्यसबाट मुक्त भएँ ।
पुरा पढ्नुहोस्

२२ पटक सगरमाथा चढेका कामीरिता शेर्पा भन्छन्, ‘हाटबजार गएजस्तो’

मनबहादुर बस्नेत, जेष्ठ १३, २०७५

सगरमाथा चढ्नु हाटबजार गएजस्तै हो । बानी परिसकेपछि केही नयाँ लाग्दैन । हाम्रो कामै त्यही भएकाले व्यक्तिगत रूपमा खुसी/बेखुसी हुँदैनौँ । बडो दु:खले पुगेका हुन्छौँ ।
पुरा पढ्नुहोस्

‘सगरमाथामा आमाको तस्बिर राख्छु’

मनबहादुर बस्नेत, वैशाख २४, २०७५

तलतिर मैले नचिनेका मानिसको फोटो प्रदर्शनी गर्दैछु । टुप्पोमा भने आमाको तस्बिर । यो तस्बिरबारे आमालाई थाहै छैन । काम गर्दागर्दै झुक्याएर खिचेकी हुँ ।
पुरा पढ्नुहोस्

‘मेरो सफलतामा नेपालीको माया’

गोकर्ण गौतम, वैशाख १६, २०७५

महत्त्वपूर्ण सामाजिक र सार्वजनिक विषयमा केन्द्रित हुन गहन गणित र विज्ञानको मिश्रण हुन सक्छ भन्ने थाहा पाएपछि एक्कासि अर्थशास्त्रमा आकर्षित भएँ ।
पुरा पढ्नुहोस्