परिहास

नयाँ भंगपछि फेरि नयाँ

सुरेश किरण, जेष्ठ २, २०७६

अन्ततः बाबुराम भट्टराईले नयाँ शक्ति पनि भंग गरिछाडे । योभन्दा अगाडि उनको नाममा संविधानसभा भंग गरेको भन्ने उपाधि जोडिएको थियो ।
पुरा पढ्नुहोस्

मेरो सरकार

सुरेश किरण, वैशाख २९, २०७६

सम्माननीय राष्ट्रपतिज्यूले ‘मेरो सरकारभनेपछि यो कसको सरकार भन्ने विवाद भयंकर रुपमै उठ्यो । सडकमा, संसद्मा र सायद सरकारमा पनि यसले प्रश्न जन्माइदिएको छ । अब धेरैको बुझाइ छ, राष्ट्रपतिले यसलाई मेरै सरकार भन्छिन् भने त्यो ठीकै हो । वास्तवमा यो राष्ट्रपतिकै सरकार हो । यो राष्ट्रपतिको सरकार हो किनभने यो खड्ग ओलीजीको सरकार हो यो कारणले होइन । यो राष्ट्रपतिको सरकार यस कारणले हो कि अहिले देशमा राष्ट्रपतिले जे भन्छिन्, त्यो मजाले चल्छ । राष्ट्रपतिले जे आदेश दिन्छिन्, त्यो क्षणभरमै पूरा हुन्छ । उनले जब १८ करोडको गाडी चाहियो भन्छिन्, मन्त्रिपरिषद्ले झटपट त्यसको तयारी गरिहाल्छ । उनले प्रहरी तालिम केन्द्र सार्नुपर्‍यो भनिन् भने त्यो सार्ने काम पनि तुरुन्तै सुरु भइहाल्छ । प्रधानमन्त्रीले नै पठाएका कति विधेयक उनले राष्ट्रपति भवनमै थन्काइदिएको हामीलाई थाहा छ । यसबारे शेरबहादुर देउवालाई अझ बढी थाहा होला । सरकार राष्ट्रपतिको हो । त्यसैले उनी प्रधानमन्त्रीले पठाएको विधेयकसमेत रोक्ने हैसियत राख्छिन् ।

यो हामीलाई थाहा भएका उदाहरण हुन् । प्रधानमन्त्री केपी ओलीलाई मात्रै थाहा भएका उदाहरण अरु पनि होलान् । के यति उदाहरण पेस गरेपछि यो राष्ट्रपतिकै सरकार हो भन्ने पुष्टि भएन र ?

♦♦♦

पहिलेपहिले राष्ट्रपतिले सम्बोधन गर्दा ‘मेरो सरकार भनिँदैनथ्यो । ‘यो सरकार अथवा ‘नेपाल सरकार भन्ने चलन थियो । यसपालि ‘नेपाल सरकार भनिएन । जहासम्म यसलाई ‘नेपाल सरकार नभनिएको प्रसंग छ, यसका पछाडि दुइटा कारण छन् ।

पहिलो कारण, राष्ट्रपतिले बारबार ‘नेपाल सरकार, नेपाल सरकार भन्दा यो कतै माधव नेपालको सरकार हो कि जस्तो भान पर्न जादो रहेछ । पहिलेपहिले माधव नेपालको सरकारलाई पनि नेपाल सरकार नै भन्ने गरिन्थ्यो । तर अहिलेको यो सरकार त माधव नेपालको होइन । यो त ओलीको सरकार हो । अब ओलीको सरकारलाई कसरी ‘नेपाल सरकार भन्नू ? त्यसमाथि माधव र ओलीको सम्बन्ध हाल कुन स्तरमा छ, त्यो सबैलाई थाहा छ । यस्तो अवस्थामा ओलीको सरकारलाई माधवको झल्को आउने गरी ‘नेपाल सरकार भन्ने त कुरै आउँदैन ।

दोस्रो कारण, राष्ट्रपति भण्डारीले किन ‘मेरो सरकार भनिन् भनेर प्रश्न राख्दा उत्तर आयो भारतका राष्ट्रपतिले पनि ‘मेरा सरकार नै भन्ने चलन छ रे ! अब भारतमै त्यस्तो चलन छ भने हामी त्योभन्दा फरक कसरी हुन सक्छौ ? त्यसको त कुरै नगरौ । अब जहाँसम्म भारतका राष्ट्रपतिले ‘मेरो सरकार भनेर जुन सरकारलाई भनेका हुन्, त्यो कुन सरकार हो ? त्यो भारतकै मात्र सरकार हो कि यता हाम्रोसमेत सरकार हो ? यो अझै टुंगो लागेको छैन । जबसम्म त्यो टुंगो लाग्दैन, तबसम्म यो सरकारलाई ‘नेपाल सरकार पनि भन्नुभएन । होइन र ?

♦♦♦

वर्तमान सरकारलाई राष्ट्रपतिज्यूले मेरो सरकार भनेकामा धेरैलाई डाहा वा औडाहा लागे पनि मलाई भने आनन्द लागेको छ । आनन्द मान्नेहरु सायद अरु पनि होलान् ।

आनन्द किन लाग्यो त भन्दा राष्ट्रपतिज्यूले यो सरकारलाई ‘मेरो सरकार भनेपछि बल्लबल्ल यो सरकारको कुनै ‘ओनर पनि रहेछ भन्ने थाहा लागेको छ । होइन भने त यो सरकार वास्तवमा कसको सरकार हो, त्यो नै अत्तोपत्तो थिएन । प्रधानमन्त्री केपी  ओली यो सरकारलाई जनताको सरकार हो भन्छन् । तर जनता भने यसलाई आफ्नो सरकार मान्न तयार छैनन् । जनता भन्छन्, ख्वै यो सरकार कहाँबाट आयो ? कसले सञ्चालन गर्‍यो, हामीलाई केही थाहा छैन । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता पनि सुरुसुरुमा यो हाम्रो सरकार हो भन्दै खुब धाक लगाउने गर्थे । तर देशमा पानीजहाजबाहेक अरु कुरै आउन छाडेपछि अचेल उनीहरु पनि ‘ख्वै, यो हाम्रो सरकारै हो कि होइनजस्तो लाग्न थालिसक्यो भन्न थालेका छन् । त्यही पार्टीका द्वितीय अध्यक्ष कमरेड पुष्पकमल दाहाललाई यो आफ्नो सरकारजस्तो लाग्ने त कुरै भएन ।

त्यसैले यो एउटा अलपत्र र बेवारिस सरकारजस्तो लागिरहेको थियो । तर अनायास राष्ट्रपतिज्यूले ‘मेरो सरकार भनेपछि यो सरकारको पनि कोही वारिस त रहेछ भन्ने बुझियो । अब बेवारिसको वारिस भेट्टाउनुजस्तो आनन्दको कुरा अरु के होला र ?

♦♦♦

योचाहिँ अपुष्ट छ । कृपया पुष्टि गरेर मात्रै विश्वास गर्न पाठकमा अनुरोध छ । भएछ के भने सदनमा राष्ट्रपतिज्यूले ‘मेरो सरकार, मेरो सरकार भनेर बारम्बार बोलेका कारण प्रधानमन्त्री खड्गप्रसाद ओलीको घरमै पनि प्रश्न उठ्यो रे ! सदनमा सम्बोधन सक्याएर प्रधानमन्त्री बालुवाटार पुगे । बेलुकी खाना खाने बेला पत्नी राधिका शाक्यले सोधिन्, ‘राष्ट्रपतिजीले त खुबै मेरो सरकार, मेरो सरकार भन्नुभएछ । साँच्चै यो तपाईंको सरकार हो कि उहाँको सरकार  हो हाँ ?’

प्रधानमन्त्रीज्यूको मुखसम्म पुग्नै लागेको गाँससहितको हात टक्क अडियो । एकछिन ट्वाँ परे । भने, ‘के कांग्रेसीले जस्तो नचाहिने कुरा गरेकी ? प्रधानमन्त्रीकी श्रीमती भएर यस्तो कुरा सोध्ने ?’

श्रीमतीले भनिन्, ‘प्रधानमन्त्रीकी श्रीमती भएर त सोधेकी नि । आफ्ना श्रीमान्को सरकारमाथि अरुले दाबी गर्न आएपछि श्रीमती चुप लाग्न मिल्छ ?’

प्रधानमन्त्रीजीले केही बोलेनन् । तर श्रीमती पनि चुप लागिनन् । सायद श्रीमान् चुप लागेकाले होला, हल्का सुँक्कसुँक्क गर्दै भन्न थालिन्, ‘हेर्नोस् तपाईंले राष्ट्रपतिज्यूलाई धेरै कुरा दिनुभयो । पद दिनुभयो, सुविधा दिनुभयो, गाडी दिनुभयो, अब हुँदाहुँदा आफ्नो सरकारै समेत दिनुभएछ, होइन ?’

त्यसपछि वातावरण झनै गम्भीर भएछ ।

पुरा पढ्नुहोस्

तक्मामा मेरो नाम

सुरेश किरण, वैशाख २७, २०७६

वास्तवमा मैले त्यो तक्मावाला सूचीमा पर्ने गरी आजसम्म कुनै कामै गरेको छैन ।
पुरा पढ्नुहोस्

बालुवा र बालुवाटार

सुरेश किरण, वैशाख २३, २०७६

बालुवा बेच्नेलाई पुलिसले पनि सहँदैन । तर बालुवाटार बेच्नेलाई सरकारले समेत बचाउ गर्छ । वास्तवमा हामीले पहिले नै बालुवाको सट्टा बालुवाटार बेच्ने काम गर्नुपर्ने रहेछ । बडो गल्ती भएछ ।”
पुरा पढ्नुहोस्

हाम्रै प्रजातन्त्र राम्रो

लक्ष्मण गाम्नागे, वैशाख २२, २०७६

वीर गोर्खाली ड्राइभरले जस्तो बाटो काट्दै गरेका पैदल यात्रुलाई ‘मर्लास् नि’ भन्दै गाडीको हावाले हान्दै दगुर्दा रहेनछन् । आँटै नभएका सवारी चालक हुँदा रहेछन् यहाँ ।
पुरा पढ्नुहोस्

माथि जेट, तल मिनीबस ?

सुरेश किरण, वैशाख २०, २०७६

दुइटा दल एउटा बनेपछि नेपाल कम्युनिस्ट पार्टीलाई सबैभन्दा ठूलो सकस परेको विषय हो, जिल्लाको एकीकरण ।
पुरा पढ्नुहोस्

चिन्तनशील  राप्रपा

सुरेश किरण, वैशाख १७, २०७६

राप्रपाले राजतन्त्रको एजेन्डा छाडिसकेको हो ? यदि राप्रपाले पनि राजतन्त्रको एजेन्डा छाड्यो भने समाउने कसले त ? यो राजावादीका लागि गहन चिन्तनको विषय हो ।
पुरा पढ्नुहोस्

युक्रेनबाट निम्तो

सुरेश किरण, वैशाख १६, २०७६

अन्ततः युक्रेनमा हास्य कलाकार भ्लादिमिर जेलेन्स्कीले नै चुनाव जिते ।
पुरा पढ्नुहोस्

हुन नसकेको खर्च

सुरेश किरण, वैशाख १२, २०७६

हरेक वर्षझैँ यस वर्ष पनि सरकारको आलोचना भएको छ । आलोचनाको विषय भने उही, सरकारले पैसा खर्च गर्न सकेन ।
पुरा पढ्नुहोस्

बिचरा ठगिए

सुरेश किरण, वैशाख १२, २०७६

आफ्नो चारित्रिक प्रमाणपत्र बनाउन म प्रहरी कार्यालय पुगेको थिएँ । हाकिम सा\'ब नभएकाले प्रतीक्षामा बसेको थिएँ ।
पुरा पढ्नुहोस्

पब्जी प्रतिबन्ध

सुरेश किरण, वैशाख ९, २०७६

पब्जी बन्दकै कारण अब मानिस सडकमै आउन पनि बेर छैन । किनभने देशमा जति पनि बेरोजगार छन्, उनीहरु सबैलाई पब्जीले नै सम्हालिरहेको थियो । सरकारसँग त सम्हाल्ने ह्याउ पनि छैन ।
पुरा पढ्नुहोस्