सुरेश किरणका लेखहरु

सँगै स्नान

साताकै चर्चित फोटो बन्यो, बाग्लुङको तातोपानीमा कांग्रेस नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलको स्नानरत फोटो । दुवै नेताहरु पानीमा आधा डुबेका छन् । पानीमाथि देखिएको आधा शरीरमा कुनै प्रकारको कपडा रहेको छैन । तर पानीमुनिको आधा शरीरको अवस्था कस्तो छ, त्यो भने फोटोबाट थाहा पाउन सकिएन ।

सुरेश किरण, चैत्र ८, २०७५

-- पुरा पढ्नुहोस् --

सिंहदरबारको क्यान्टिन

अब सरकारलाई लागेको छ, सिंहदरबारमा क्यान्टिन बढी भए, त्यसलाई घटाउनुपर्छ । त्यसैका लागि अब सिंहदरबारको क्यान्टिन घटाउने निर्णय सरकारले गरेको छ । सिंहदरबारभित्र अब केही ठाउँमा मात्र क्यान्टिन राख्ने रे !

सुरेश किरण, चैत्र ८, २०७५

-- पुरा पढ्नुहोस् --

सीके र पीके

प्रधानमन्त्री केपीले सीके र पीके दुवै उत्तिकै साहसी भनेका थिए । तर उनको भनाइभन्दा फरक अहिले सीके त पीकेभन्दा पनि साहसी भएर निस्किएछन् । सीकेले काठमाडौँमा जो सम्झौता गरेका थिए, जनकपुरमा त्यसको पूरै उल्टो व्याख्या गरिदिए ।

सुरेश किरण, चैत्र ८, २०७५

-- पुरा पढ्नुहोस् --

माइतीघर तिम्रो होइन...

काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्न प्रतिबन्ध लगाए पनि प्रदर्शन  जारी नै छ । कहिले विद्यार्थीको प्रदर्शन, कहिले शिक्षकको प्रदर्शन, कहिले वकिलको प्रदर्शन त कहिले झगडियाको प्रदर्शन । प्रतिबन्ध लगाएपछि त झन् त्यसको विरुद्धमा पनि प्रदर्शन । ​​​​​​​

सुरेश किरण, फाल्गुन ३०, २०७५

-- पुरा पढ्नुहोस् --

क्रिकेटोन्मुख राजनीति

त्यसमाथि अहिले पाकिस्तानमा एक जना क्रिकेट खेलाडीले नै शासन चलाइरहेका छन् । यस्तो अवस्थामा क्रिकेट र युद्धमा भ्रम सिर्जना हुनु स्वाभाविकै भयो । जस्तो, हाल चालू (वा स्थगित) भारत-पाक युद्धमा जस्तो दृश्य देखियो, त्यसले पनि यसलाई क्रिकेटभन्दा भिन्न पारेको देखिएन ।

सुरेश किरण, फाल्गुन ३०, २०७५

-- पुरा पढ्नुहोस् --

सिंहदरबारमा नागा बाबा

"जय शम्भो !" बाबाद्वयले पनि अभिनन्दन फर्काए । "अरे कहाँ गाँजा बेच्नु । अब त नेपालमा हामीलाई आउन पनि मुस्किल भइसक्यो । त्यही कुरा गर्न आएको," अग्लोचाहिँ बाबाले भने ।

सुरेश किरण, फाल्गुन २८, २०७५

-- पुरा पढ्नुहोस् --