राजकुमार बानियाँका लेखहरु

सांस्कृतिक खोजीमेली

प्रकाण्ड विद्वान् पन्त निबन्धहरुमा भरतखण्डमै लोप भइसकेका बिस्केट, इन्द्रजात्रा, घोडेजात्रा आदि पुराना रीतिस्थिति नेपालखाल्डोभित्र चलाइराख्नमा नेवारहरुको ठूलो अवदान रहेको धारणा राख्छन् भने चन्द्रशमशेरको पालामा अर्थात् विसं १९६१ मा तिथिको ठाउँमा गते लेख्न थालिएको प्रसंग उप्काउँछन् ।

राजकुमार बानियाँ, फाल्गुन ८, २०७५

-- पुरा पढ्नुहोस् --

फेरि रमण घिमिरे

रमण घिमिरे यस्ता दीर्घसेवी कला समीक्षक हुन्, धेरैजसो नेपाली कलाकारको पहिलो अन्तर्वार्ता उनले नै लिएका रहेछन् । किताबमै मिथिला शर्मा र गौरी मल्लले त्यस्तो ‘क्रेडिट’ दिएका छन् पनि । पहिलो अन्तर्वार्ता लिने र दिएको सम्झने दुवैलाई गुणग्राही मान्नुपर्छ ।

राजकुमार बानियाँ, माघ २४, २०७५

-- पुरा पढ्नुहोस् --

रामेशका राल्फा यादहरु

एक अर्थमा बिटल्सको प्रभाव पनि थियो, राल्फा । बिटल्समा चार सदस्य थिए । राल्फाका मुख्य सदस्य पनि चारै । उनीहरु बिटल्सजस्तै गिटार बोकेर हिँड्थे, कपाल लर्काउँथे । हिप्पी पनि भन्थे कसैकसैले । रुप, शैली, प्रयोगका हिसाबले कतिपय गीत जोन लेनन र बब डिलनको छाप पनि उनीहरुमा देखिन्छ ।

राजकुमार बानियाँ, माघ २३, २०७५

-- पुरा पढ्नुहोस् --

जोन हल्टको डायरी

जोन हल्टको शब्दमा त स्कुलहरु झ्यालखाना भइसकेका छन्, अभिभावकले त्यसमै निर्दोष नानीहरुलाई जबर्जस्ती कोचिरहेका छन् । केही वर्ष शिक्षण गरेका हल्टको स्कुले प्रणालीमै मोहभंग भयो र ‘होम स्कुलिङ’ अभियान चलाए ।

राजकुमार बानियाँ, माघ ९, २०७५

-- पुरा पढ्नुहोस् --

एकेडेमीमा रमिता छ

भाषा, साहित्य, कला, संस्कृतिको ‘थिंक–ट्यांक’ बन्न सक्ने प्रज्ञा–प्रतिष्ठानहरु दलीय शाखामा खुम्चिँदै

राजकुमार बानियाँ, माघ ६, २०७५

-- पुरा पढ्नुहोस् --

नेकपा (भारुण्ड)

भारुण्ड नामक चराको पेट एउटै थियो, टाउको दुइटा । एक दिन समुद्र किनारमा टहलिरहँदा अमृत–फल भेटियो । एउटा टाउकाले आधा आफू खायो, बक्यौता प्रियतमालाई दियो ।

राजकुमार बानियाँ, माघ ३, २०७५

-- पुरा पढ्नुहोस् --