मनोरञ्जन

ऋचाको रित्तो हात

- नेपाल संवाददाता , काठमाडौं

ऋचा शर्मालाई ‘एक्टिङ क्वीन’ मान्ने जमात ठूलै छ । उमा, टलकजंग भर्सेस टुल्के, को–आफ्नोलगायतका फिल्मबाट ऋचाले आफूलाई आमभन्दा भिन्न नायिकाका रुपमा स्थापित गरिन् । अभिनयका अलावा आधा लभ र सुनकेशरी निर्माण गरिन् । सिनेमा उद्योगमा महिलामाथि हुने विभेद र फिल्मले उठाउने विषयवस्तुबारे खुलेर टिप्पणी गर्छिन् । नारी पात्रलाई सशक्त बनाउन दबाब दिन्छिन् । तर, अहिले उनै ऋचालाई फिल्मको अभाव छ । सुनकेशरीले अपेक्षा अनुरुप व्यापार नगरेपछि उनलाई फिल्मको खडेरी लाग्न थालेको हो । कोहलपुर एक्सप्रेस पनि उपलब्धिमूलक हुन सकेन उनका लागि । अहिले न आफैँ फिल्म निर्माण गर्न सक्ने अवस्था छ, न त बाहिरी ब्यानरले पत्याउँछन् । परेन त फसाद ! 

 

प्रकाशित: भाद्र २६, २०७५