आँखीझ्याल

साताका चर्चित

- नेपाल संवाददाता , काठमाडौं

निरज अधिकारी

किशोर वैज्ञानिक

चीनको अन्तर्राष्ट्रिय इनोभेसन प्रतियोगितामा महिला सुरक्षाका निम्ति एआई प्रविधि बनाई तेस्रो भएकाले ।

मीन भाम

निर्देशक

ताइवानमा आयोजित एसिया प्यासिफिक चलचित्र महोत्सवमा उनीद्वारा निर्मित ‘अ क्युरियस गर्ल’ ले उत्कृष्ट लघुचलचित्र अवार्ड जितेकाले ।

सुनील वल

फुटबलर

साफ च्याम्पियनसिपमा १ गोल र २एसिस्ट गरेकाले । उक्त खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो ।

जीतेन्द्र सोनल

भौतिक पूर्वाधारमन्त्री, प्रदेश २

संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउन प्रदेशका अन्य मन्त्रीलाई जोड दिएकाले ।

प्रकाशित: भाद्र २४, २०७५