तस्विर/भिडियो

हाम्रो हालोइन

- क्रान्ति पाण्डे, काठमाडौं

अन्य ठाउँको भन्दा फरक शैलीको छ, कीर्तिपुरको गाईजात्रा । मृतकको सम्झनामा स्थानीय युवाहरु गाई र जोगीको परम्परागत अवतारमा मात्र नभएर अनुहारमा राक्षसी रुप लिपपोत गरेर सहर परिक्रमा गर्छन् । यसमा पश्चिमा जगतको मनोरञ्जक चाड हालोइनको झलक आउँछ ।

स्थानीय जात्रालु मात्रै नभएर विदेशी पाहुनाको पनि विशेष ध्यान खिच्दै आएको छ, कीर्तिपुरे गाईजात्राले । त्यसैले त नक्कली बन्दुक बोकेका युवातिर स्वदेशी तथा विदेशी फोटोग्राफरका सक्कली क्यामेरा सोझिए । क्लिक, क्लिक, झिलिक ।

प्रकाशित: भाद्र २०, २०७५