मनोरञ्जन

हर्ष न विस्मात

- नेपाल संवाददाता , काठमाडौं

केकी अधिकारीले टन्नै फिल्म खेलिसकिन् । तर, सुपरहिट त के, हिट फिल्मकै खडेरी छ । उनी आफैँले निर्माण गरेको कोहलपुर एक्सप्रेसको हालत पनि खासै भिन्न रहेन । सफलताको यही प्यासलाई मेटिदियो, नाईं नभन्नु ल ५ ले । समीक्षात्मक प्रतिक्रिया सकारात्मक नरहे पनि यस फिल्मले लोभलाग्दो व्यापार गर्‍यो, नाईं नभन्नु ल को ‘ब्रान्ड भ्यालु’ जो थियो । केकी महफ्वपूर्ण भूमिकामा छिन् । तर, जस उनको पोल्टामा परेन । बालकलाकारद्वय अनुभव रेग्मी र सेड्रिना शर्माको वाहवाही भयो । जताततै उनीहरुकै चर्चा । केकीको अभिनयले पनि प्रशंसा बटुलेन । अर्थात्, नार्इं नभन्नु ल ५ हिट भयो तर केकीलाई हर्ष न विस्मात । क्या फसाद !

 

प्रकाशित: भाद्र २०, २०७५