मनोरञ्जन

चम्कने चाहना

- नेपाल संवाददाता , काठमाडौं

पहिलो फिल्म लालपुर्जामा सौगात मल्लजस्ता गिनेचुनेका अभिनेतासँग स्क्रिन सेयर गर्न पाउँदा फुरुंग थिइन्, मिरुना मगर । निर्देशक पनि छड्केबाट नाम कमाएका निगम श्रेष्ठ थिए । विपिन कार्कीको पनि अभिनय थियो । सोही कारण लालपुर्जाले आफ्नो अभिनय यात्रालाई गति दिने विश्वासमा थिइन्, प्रतिबद्ध भएर काम गरिन् । तर, जसै फिल्म रिलिज भयो, मिरुनाको सपना पूरा भएन । प्रमोसनमा उतिविघ्न ध्यान नदिइएकाले यस फिल्मको व्यापार फिक्का रह्यो । वाहवाही कमाउनु त परको कुरा, मिरुना ‘मार्क’ समेत भइनन् । तैपनि, निरक पौडेलले रोजमा मौका दिए । मिरुनाको अपोजिटमा चल्तीका स्टार प्रदीप खड्का छन् । वकिलको भूमिकाले मिरुनाको करिअरमा बहार ल्याउला ? रोज २२ भदौमा रिलिज हुँदैछ । 

 

प्रकाशित: भाद्र १८, २०७५