विदेशबाट

पाहुनाकै शोषण

- नेपाल संवाददाता , काठमाडौं

नेपाली पर्यटन व्यवसायीले पर्वतारोही पर्यटकलाई स्वास्थ्य बिमाबापतको रकम असुल्न अस्वस्थकर तत्व मिसाएको खाना दिने गरेको तथ्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ । त्यसमा आठ टुर अपरेटर, चार अस्पताल र तीन हेलिकप्टर अपरेटरको संलग्नता  देखिएको छ ।

यिनीहरुले पर्यटकलाई अस्वस्थकर खाना खुवाउने र हेलिकप्टर नमगाई उद्धार सम्भव नहुने त्रास देखाउने गरेका थिए  । चिसोले सामान्य बिरामी मात्र परे पनि त्यसलाई ठूलो समस्या भनी पर्यटकलाई ठग्थे । बिमा कम्पनीले मन्त्रालयलाई यसबारे सजग रहन अनुरोध गरेका थिए ।

जर्मन समाचार संस्था स्पीगलले लेखेको छ, ‘हिमाली क्षेत्रमा दिनहुँ दसभन्दा बढी हेलिकप्टर देखिन थालेपछि सशंकित स्थानीयको सहयोगमा त्यस गिरोहको पर्दाफास भएको हो ।’

प्रकाशित: भाद्र १७, २०७५