प्रविधि

टिन्डरको विद्यार्थी भर्सन

- विभु लुइटेल, काठमाडौं

जोडी खोज्न सघाउने मोबाइल एप्लिकेसन टिन्डरले विद्यार्थी भर्सन ‘टिन्डर यु’ ल्याएको छ । यसमा मूल एप्लिकेसनभन्दा भिन्नता त छैनन् । तर, आफू अध्ययन गर्ने संस्थावरपर पार्टनर भेटाउन यसले सघाउ पुर्‍याउँछ । 


डट इडियुमा इमेल आईडी भएका जोकोहीले यो भर्सन प्रयोग गर्न सक्छन् । एकअर्काको प्रोफाइल हेर्ने, साझा म्याचलाई सन्देश पठाउने, सुपर लाइक प्रयोगमा भने प्रयोगकर्ताले पुरानै एप्लिकेसनजस्तो अनुभव गर्नुपर्नेछ । 


केही समयलाई यो भर्सनको उपलब्धता अमेरिकामा मात्र सीमित राखिनेछ । अन्य देशका विद्यार्थीले पनि रुचि देखाए ती देशमा यो सेवा उपलब्ध गराइने यसका डेभलपरले जानकारी दिएका छन् । 

प्रकाशित: भाद्र १४, २०७५