प्रविधि

एप्पल–चीन चिसोपन

- विभु लुइटेल, काठमाडौं

नियाँ मिडियाले एप्पलको खोइरो खन्न थालेको वर्षौं भइसक्यो । बेलाबखत एप्पलबारे नकारात्मक टीकाटिप्पणी प्रकाशित गरेर एप्पललाई चीनमा आफ्ना सेवासुविधा कम गर्दै लैजान नैतिक दबाब दिने कार्य त्यहाँका सञ्चारमाध्यमले गर्छन् । हालै आलोचना खेप्नु परेपछि एप्पलले जुवाका करिब २५ हजार एप्लिकेसन एप्स्टोरमा चिनियाँ प्रयोगकर्ताका लागि निष्क्रिय बनाइदिएको छ । 


चीनमा एप्पलका उपकरण तथा सफ्टवेयरको बजार यस्तै कारण बेलाबेला संकटग्रस्त अवस्थामा पुग्ने गर्छ । हिजोआज धेरैजसोले लोकेसन परिवर्तन गरेर इन्टरनेट प्रयोग गर्ने प्रविधि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरी प्रतिबन्धित इन्टरनेटका सामग्री प्रयोग गर्ने भएकाले चीनबाट एप्पल विस्थापित भइहाल्ने अवस्था नरहेको देखाउँछ । 

 

प्रकाशित: भाद्र १४, २०७५