प्रविधि

गुगलको पोडकास्ट एप्लिकेसन

- विभु लुइटेल, काठमाडौं

गुगलको प्रयोगात्मक इकाइले ‘सर्टवेभ’ नामक पोडकास्ट एप्लिकेसनमा काम गरिरहेको तथ्य बाहिर आएको छ । यसको प्रयोगले प्रयोगकर्तालाई अडियो फाइल खोज्न र प्ले गर्न सजिलो हुनेछ । 


प्रारम्भिक चरणमा यसमा रिकमेन्डेसन प्रणाली प्रयोग गरिने छैन । यो एप्लिकेसन लोकप्रिय हुँदै गए मात्र प्रयोगकर्ताले खोजेका अडियोसँग मेल खाने अन्य अडियो सिफारिस गर्ने प्रणाली निर्माण गर्ने सूचना पनि बाहिर आएका छन् । 


यसअघि पनि गुगलले पोडकास्ट एप्लिकेसन निर्माण गरिसकेको छ । त्यसको इन्टरफेस सहज भए पनि वेयर ओएस, एन्ड्रोइड अटोजस्ता माध्यममा यसले काम नगर्ने हुँदा धेरैले त्यसलाई स्वीकार्न सकिरहेका थिएनन् । यो भने सबै एन्ड्रोइड इकोसिस्टममा प्रयोग गर्न सकिने गरी निर्माण भइरहेको छ । 

प्रकाशित: भाद्र १३, २०७५