प्रविधि

विद्यार्थी ट्रयाकमा एआई

- विभु लुइटेल, काठमाडौं

विद्यार्थीका गतिविधिमाथि निगरानी राख्न अमेरिकी स्कुलले आफ्ना सबै कम्प्युटरमा आर्टिफिसियल इन्टलिजेन्स (एआई) का केही प्रविधि लागू गर्ने भएका छन् । इन्टरनेट सुरक्षा नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न यो कदम चाल्न लागिएको हो । 


मानिसले बोलीचालीका क्रममा प्रयोग गर्ने भाषा कुनै सफ्टवेयरलाई बुझाउन नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी) पद्धति अपनाउनुपर्छ । यसका लागि सफ्टवेयरलाई लाखौँको संख्यामा शब्दहरु प्रदान गर्नुपर्छ । त्यसमाथि इन्टरनेटमा प्रयोग गरिने भाषा औपचारिक शैलीभन्दा भिन्न हुन सक्छन् । यस्तो अवस्थामा विद्यार्थीले केकस्ता भाषा प्रयोग गरी इन्टरनेटमा खोज तथा सञ्चार गरिरहेका छन् भनी पहिल्याउन कठिन हुने गर्छ । त्यसैले यस्तो प्रविधि निर्माण गर्न कम चुनौतीपूर्ण छैन । 


केही विश्लेषकले यसलाई बालबालिकाको गोपनीयतामाथि बन्देज लगाउन खोज्ने प्रविधि भनी परिभाषित गरे पनि अधिकांशले भने स्वीकार्ने छनक दिइसकेका छन् । 

 

प्रकाशित: भाद्र १२, २०७५