परिहास

जस्ट पास ओली

- नेपाल संवाददाता , काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जस्ट पासको सर्टिफिकेट दिएकामा प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा असन्तुष्ट हुनुभएको रहेछ । 
अस्ति बूढानीलकण्ठस्थित आफ्नो भव्य निवासमा भएको गुटगत नेताहरुको बैठकमा उहााले भन्नुभयो रे, “ओलीलाई त्यो सर्टिफिकेट दिएको मिल्दैन । नक्कली सर्टिफिकेट हो कि सक्कली नै हो ?”
एक नेताले भने, “सर्टिफिकेट त सक्कली नै हो सभापतिज्यू । यो प्रधानन्यायाधीशको होइन नि !”
देउवाले भने, “सक्कली भए पनि एक दुई दिनपछि संशोधन निस्कन्छ कि ? 
अस्ति एसईईको नतिजा त फेरि संशोधन निस्क्या थियो नि ।”
अर्को मोटोचाहिा नेताले भने, “होइन सभापतिज्यू, यसको त संशोधन पनि निस्कन्न होला ।”
देउवाले फेरि अर्को उपाय सुझाए, “त्यसो भए यसको रिटोटलिङ गराउनुपर्ला । हेर्नुस्, ओलीको कापी हामीले पनि हेर्‍या छौँ । मेरो हिसाबमा त उहाा फेलै हुनुपर्ने हो । कसरी पास भयो ?”
“पास भने पनि जस्ट पास मात्रै रहेछ नि सभापतिज्यू”, दाह्रीवाल नेताले नै भने ।
“जस्ट पास भने पनि पासै हो नि । जम्मै चिट चोरेर लेख्या हो, मलाई थाहा छैन ? यस्तो भयो भने अर्को पल्ट ट्युसनै पढेर भए पनि डिभिजन ल्याउला । चाइनाबाट ट्युसन टिचर आउादैछ रे ।” देउवाको अनुहारमा एकाएक बादल (गृहमन्त्री होइन) लागेको देखियो ।

 

प्रकाशित: भाद्र ६, २०७५