विदेशबाट

प्रतिदिन चार यौन हिंसा

- नेपाल संवाददाता , काठमाडौं

अमेरिकामा सुरु भएको ‘मी टु’ अभियान विश्वव्यापी भएको केही समयमै नेपालमा ‘रेज अगेन्स्ट रेप’ नामक अभियान सुरु भयो । दिनदिनै बढिरहेका बलात्कार तथा यौन हिंसाविरुद्ध सामाजिक सञ्जालमा आवाज उठाउन यो अभियानले निकै सघायो ।

नेपाल प्रहरीको अपराध महाशाखाको तथ्यांक अनुसार औसतमा हरेक दिन यस्ता चार अपराधबारे उजुरी पर्ने गरेका छन् । सन् २०१७ र २०१८ मा बलात्कारका मात्रै १ हजार ५ सय उजुरी परे । बलात्कृत महिलाको पुनस्र्थापनाका निम्ति विभिन्न सामाजिक संस्थाबाट पहल भए पनि सरकारी स्तरबाट यसको उचित सुनुवाइ अझै हुन सकेको छैन ।

अमेरिकी समाचार संस्था डिप्लोम्याटले लेखेको छ, ‘ महिलालाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्ने परिपाटी नत्यागेसम्म नेपालमा बलात्कार तथा यौन हिंसाका घटना दिनहुँ बढ्दै जानेछन् ।’

प्रकाशित: भाद्र ३, २०७५