परिहास

पहिले अहिले

- सुरेश किरण, काठमाडौं

पहिले :

पहिले मतलब, केही वर्ष पहिले । हामी आफ्ना माग लिएर सरकारकोमा डेलिगेसन जाने गथ्र्यौं । हामी भन्या पार्टी पनि होइनौँ, विपक्षी पनि होइनौँ, केही पनि होइनौँ । आफ्नो कुनै माग छ भने भन्ने त सरकारलाई नै हो । हाम्रा माग लिएर जाादा मन्त्रीहरू भन्ने गर्थे– हेर्नोस्, तपाईंहरूको माग अत्यन्त सान्दर्भिक छ । मेरो त यसमा पूरा समर्थन छ । तर, त्यो पूरा गर्न सकिने अवस्था छैन । 


‘किन मन्त्रीज्यू ?’ हामी सोध्ने गथ्र्यौँ ।


मन्त्रीज्यू भन्नुहुन्थ्यो,  ‘हेर्नोस्, अल्पमतको सरकार छ । कुन बेला ढल्छ भन्नै सकिादैन । तपाईंको माग पूरा गर्दागर्दै सरकार गिरिसकेको हुन्छ । यो अस्थिरताले गर्दा तपाईंहरूको माग पूरा गर्छु भन्न सक्दिनँ ।’


अहिले : 
अहिले मतलब देशमा स्थिरता आएको अहिलेको समय । हामी आफ्ना मागहरू लिएर फेरि मन्त्रीज्यूकोमा जान्छौँ । माग अघि सार्छौं । सबै माग पढिसकेपछि मन्त्रीज्यूले हामीतिर नजर लगाउनु हुन्छ । अनि, भन्नुहुन्छ, ‘यो माग त पूरा गर्न सकिादैन । अहिले यतातिर ध्यान दिने सरकारको फुर्सद छैन ।’
हामी भन्छौँ ‘किन सकिादैन मन्त्रीज्यू ?’


मन्त्रीज्यू भन्नुहुन्छ, ‘हेर्नोस्, देशमा बल्लबल्ल राजनीतिक स्थिरता आएको छ । सरकारको पूरै ध्यान समृद्धितिर छ । अहिले यो हाम्रो प्राथमिकताको विषय होइन ।’


हामी जोड गर्छौं, ‘हैन मन्त्रीज्यू, यति माग जसरी भए पनि पूरा गर्नुपर्छ ।’


मन्त्रीज्यू कड्किनुहुन्छ, ‘के रे ? सरकारलाई दबाब दिनुभएको ? दुई तिहाइ बहुमत भएको सरकार हो यो । यसरी दबाबले चल्दैन बुझ्नुभो ? ल जानुस् ।’  

प्रकाशित: श्रावण २८, २०७५