विदेशबाट

सगरमाथा फेरि नापिने

- नेपाल संवाददाता , काठमाडौं

न्युजिल्यान्डको वैदेशिक मामला तथा व्यापार मन्त्रालयले भूगणितज्ञ क्रिस पियरसनलाई सगरमाथाको उचाइ पुन:मापन गर्न सघाउने भएको छ । ०७२ को भूकम्पपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरमा करिब तीन सेन्टिमिटर घटेको हुन सक्ने भूगर्भविद्को अनुमान कत्तिको सत्य छ भनी उचाइ मापन गर्न लागिएको हो । यसका लागि पारम्परिक र आधुनिक दुवै विधि प्रयोग गरी दुवैले दिने नतिजा तुलना गरिने बताइएको छ ।

थाई समाचार संस्था नेसनले लेखेको छ, “पियरसनको नेतृत्वमा यसअघि भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण र नयाँ तथ्यांक संकलन भएको थियो । सगरमाथाको उचाइ पुन:मापनमा पनि यसको योगदान हुने निश्चित छ ।”

प्रकाशित: श्रावण २०, २०७५