विदेशबाट

खोसिएका भगवान्

- नेपाल संवाददाता , काठमाडौं

नेपालका ८० प्रतिशतभन्दा बढी प्राचीन मूर्ति विदेशी संग्रहालयका शोभा बनेका छन् । यहाँबाट चोरी गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइएका अधिकांश मूर्ति लिलामीमार्फत संग्रहालयलाई बुझाउने गरिएको छ । बर्सेनि आठ अर्ब अमेरिकी डलरबराबरका धार्मिक तथा ऐतिहासिक मूर्ति चोरी हुने गरेको तथ्यांक छ ।

केही मूर्ति तस्करलाई कानुनी दायरामा ल्याई चोरिएका मूर्ति फिर्ता ल्याइए पनि अझै हजारौँ फिर्ता आउन बाँकी छन् । अलजजिराका लागि स्टिभ चाओले लेखेका छन्, “अन्यका लागि ती काठ वा ढुंगाका मूर्ति होलान्, डलर कमाउने स्रोत होलान् । तर, नेपालीका लागि ती भगवान् हुन् । यसरी मूर्ति चोर्दा नेपालीबाट तिनको भगवान् खोसिएको कोही देख्दैन ।”

प्रकाशित: श्रावण ६, २०७५