तस्विर/भिडियो

बाल रहर

- शब्द/तस्बिर : रुपचन्द्र महर्जन, काठमाडौं

हुन त अहिले बाढीका कारण राजधानी वरपर नै यस्ता परिदृश्य देखिन्छन् । तर, यो दृश्य भने पृथ्वी राजमार्ग भएर बग्ने जवाङ खोलाको हो । वारि धादिङ जिल्ला हो भने पारि गोरखा । नदीपारिको चेपाङ बस्तीमा आवतजावतका लागि हालै मात्र झोलुंगे पुल बनेको छ । यति हुँदाहुँदै पनि स्थानीय बालिकाहरु रमाइलोका लागि ट्युबमा यसरी नै खेल खेलेरै आवतजावत गर्छन् । झोलुंगे पुल बन्नुअघिको बाध्यता अहिले भने रहर बनेको छ ।

प्रकाशित: श्रावण ३, २०७५