खेलकुद

विश्वकप २०१८ : बेल्जियम विरुद्ध फ्रान्स (म्याच प्रिभ्यु)

- पवन आचार्य, काठमाडौं

फ्रान्सविरुद्धको सेमिफाईनल खेलमा दबाब रहित खेल्ने बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिन्जको भनाई छ । ब्राजिलविरुद्ध सानदार जित निकाल्ने क्रममा टोलीमा उच्च मनोबल देखिएको छ । त्यही मन्त्रमा प्रशिक्षक मार्टिन्जको विश्वास छ । केभिन डी ब्रोयनलाई नवौ भूमिकामा खेलाइएको थियो । रोमेलु लुकाकुले राईट पोजिसनको भूमिका पाएका थिए । कुनै समय मार्टिन्जप्रिमियर लिग क्लब एर्भटनमा रहँदा यस रणनीतिलाई प्रयोग गर्थे ।

उच्च गोलकर्ता रोमेलु लुकाकुले नकआउट चरणमा कुनै गोल गर्न सकेनन् । तर अल राउण्ड प्रर्दशन गरेका उनले प्रसंशा बटुलेका छन् । उनले ब्राजिलविरुद्धको दोस्रो गोलमा सहयोग गरेका थिए । मार्टिन्जका सहायक थियरी हेनरीसँग सहकार्य गर्न लुकाकु खुसी छन् ।

बेल्जियमका डिफेन्डर राफायल भारानेले बेल्जियमको टोली युवा भएपनि परिपक्क भएको बताउँछन् । ‘हामीलाई थाहा छ खेल निकै उच्च कोटीको हुनेछ ।’उनी भन्छन्, ‘लुकाकुको शारिरिक बनावटले कुनैपनि डिफेन्सलाई समस्यामापार्न सक्छ । हामी उनीलाई कुनै ठाँउ दिने पक्षमा छैनौ । उनी उच्चस्तरका खेलाडी हुन् ।’

‘हामीले हाजार्ड विरुद्ध खेलेका छौँ । उनी उच्चस्तरका खेलाडी हुन् । उनी बललाई निकै राम्रोसँग खेलाउँछन् । हामी उनलाई समेत निगरानीमा राख्नेछौ । हामी सामुहिक रुपमा बेल्जियमको प्रतिवाद गर्नेछौँ ।’ भारानेले भने ।

बेल्जियमका मिडफिल्डर केभिन डी ब्रोयन भन्छन्, ‘हामी विश्वकपको सेमिफाईनलमा पुगेका छौँ । यस अवस्थामा कुनै सहज प्रतिद्धन्दीको हामीले पाउँदैनौँ ।’ ‘हामी फ्रान्स बराबर हौँ । हामी शारिरिक र मानसिक रुपमा जे पनि गर्न सक्छौँ । अन्तिममा, हामी सबै जितका लागि खेल्नेछौँ र यदि उनीहरुले राम्रो खेले, उनीहरुले जित्नेछन् । यही फुटबल हो ।’ उनले भने ।

–फ्रान्सले ठूला प्रतियोगितामा तीन पटक बेल्जियमलाई हराएको छ । फ्रान्सले १९३८ को विश्वकपको पहिलो चरणमा ३–१ को जितनिकालेको थियो । सन् १९८६ मा तेस्रो स्थानका लागि भएको प्लेअफमा अतिरिक्त समयमा उसले ४–२ को जित निकालेको थियो ।
–फ्रान्सले सन् १९८४ को युरोकपमा बेल्जियमलाई समुह चरणमा ५–० ले हराएको थियो ।
–फ्रान्स ६ पटक विश्वकपको सेमिफाईनलमापुगेको छ । उसले सुरुवातीतीन पटक सन् १९५८, १९८२ र १९८६ मा पराजितभएको थियो । उसले अन्तिमदुई पटक सन् १९९८ र २००६ माजितनिकालेको थियो ।
–फ्रान्सले विश्वकपको अन्तिम १३ नकआउट चरणको खेलमामात्र एक खेल गुमाएको छ । पछिल्लो समय उसले सन् २०१४ को विश्वकपमा जर्मनीसँग १–० को पराजय व्यहोरेको थियो ।
–बेल्जियम दुईपटक सेमिफाईनल पुगेको टोली हो । रेड डेभिल्स सन् १९८६ मा भएको विश्वकपको सेमिफाईनलमा अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो । त्यस खेलमादुवै गोल डिएगो म्यारोडोनाले गरेका थिए ।
–फ्रान्सका ब्लेस माटुइडी निलम्बनबाट मैदान फर्कने छन् । उनीले उरुग्वेविरुद्ध खेलेका कोरेन्टिन टोलिसोको स्थान लिनेछन् । यस विश्वकपमा स्कोर गर्न असफल ओभिलर जिराउडले सुरुवाती प्लेइङ सेटमा स्थान बनाउने छन् ।
–बेल्जियमका थोमस म्युनिर प्रतिबन्धका कारण फ्रान्सविरुद्धको खेल गुमाउनेछन् । प्रशिक्षक रोबर्टो मार्टिन्जले ब्राजिलविरुद्धको खेलको रणनीतिमा केही परिवर्तन ल्याउनेछन् । उनले आफ्नो प्रिय संरचनालाई बदल्न सक्नेछन् ।
प्रकाशित: असार २६, २०७५