विदेशबाट

रुप फेरिएको गद्दी बैठक

- नेपाल संवाददाता , काठमाडौं

०७२ को भूकम्पमा तहसनहस भएको काठमाडौँ दरबार क्षेत्रस्थित गद्दी बैठक तीन वर्षपछि पुनर्निर्माण भएको छ । सन् १९०८ मा बनेको यो ऐतिहासिक भवनको पुन:उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले १३ असारमा गरे ।

भूकम्प प्रतिरोधात्मक बनाउन गद्दी बैठक र अन्य संरचनामा दक्ष तथा अनुभवी वास्तुकारले वैज्ञानिक विधि अपनाएका छन् । मौलिक बनावटमा भने आँच आउन दिइएको छैन ।

सिन्ह्वा नेटले लेखेको छ, “नेपालमा राजतन्त्र रहँदा गद्दी बैठकमै राज्यारोहण समारोह आयोजना गरिन्थे । अन्य मुलुकका प्रमुख तथा शीर्षस्थ व्यक्ति नेपाल आउँदा राजाले यही स्थानमा तिनको स्वागत गर्थे ।”

प्रकाशित: असार १७, २०७५