खेलकुद

जयबद्र्धनेको टोलीसँग भिड्दै नेपाल

- नेपाल संवाददाता , काठमाडौं

जुलाई २९ मा बेलायतको लर्डस् मैदानमा हुन लागेको नेपाल, नेदरल्यान्ड्स र मेरिलबोन क्रिकेट क्लब (एमसिसी) बीचको त्रिकोणात्मक क्रिकेट प्रतियोगितामा नेपालले श्रीलंकाका पूर्व शीर्षस्थ खेलाडी माहेला जयबद्र्धने सामना गर्नुपर्ने भएको छ । जयबद्र्धनेलाई एमसिसीले आफ्नो कप्तान घोषणा गरेसँगै नेपाल र नेदरल्यान्ड्सका क्रिकेट टोलीले थप मिहिनेत गर्नुपर्ने क्रिकेट विशेषज्ञ बताउँछन् ।

एमसिसीका आजीवन सदस्यसमेत रहेका जयबद्र्धनेका अतिरिक्त स्कटल्यान्डका तीन खेलाडी पनि एमसिसीसँग अनुबन्धित भएका छन् । ब्याट्स्म्यान डिलान बज, राइट आर्म क्विक एलसडेयर इभान्स् र लेफ्ट आर्म स्पिनर मार्क वाट्को सामना नेपाल र नेदरल्यान्ड्सले गर्नुपर्ने हुन्छ । बाँकी खेलाडीको घोषणा एमसिसीले छिट्टै गर्ने बताइएको छ ।

ईएसपिएन क्रिकइन्फो लेख्छ, “संयुक्त अधिराज्य र नेपालबीच मित्रवत् सम्बन्ध कायम भएको दुई सय वर्षपछि सन् २०१६ मा आयोजना गरिएको मैत्रीपूर्ण क्रिकेट म्याचमा नेपालले एमसिसीलाई ४१ रनले हराएको थियो । आउँदा म्याच पनि नेपालका लागि विशेष रहनेछन् ।”

प्रकाशित: असार १३, २०७५