तस्विर/भिडियो

मायाको जालो

- मैत्या घर्ती मगर, काठमाडौं

जनयुद्ध कालमा ठूलो क्षति बेहोरेको रोल्पाको थबाङ गाउँ अहिले नमुना बस्तीको रुपमा निर्माणाधीन छ । सरकारको एकीकृत नमुना बस्ती बनाउने कार्यमा अहिले स्थानीय श्रमदानमा व्यस्त छन् । यसरी श्रमदानमा जाँदा उनीहरु आफ्ना बच्चालाई समूहगत रुपमा तारजालीभित्र सुरक्षित गरेर जाने गर्छन् । बच्चालाई निर्माणस्थलमा लैजाँदा हुन सक्ने चोटपटकबाट बचाउन अभिभावकले यस्तो उपाय रचेका हुन् ।

प्रकाशित: जेष्ठ ३१, २०७५