तस्विर/भिडियो

हिम–गलैँचा

- मैत्या घर्ती मगर, काठमाडौं

उसै पनि जाडो हुने स्थान हो, रुकुम पुथा उत्तरगंगा गाउँपालिका । हिउँ परेपछि झनै जाडोको आतंक सहिनसक्नु हुन्छ, यहाँ । चिसो मौसममा स्थानीय विद्यालय मात्र होइन, सरकारी कार्यालयसमेत अघोषित रुपमा बन्दजस्तै हुन्छन् । घरको छत, बाटो र रुखसमेत थुप्रै दिनसम्म सेताम्य हुन्छन् ।

खुला चौरमा त धेरै दिनसम्म सेतो गलैँचा ओछ्याइएको जस्तो देखिन्छ । घाम लागेपछि हिउँ पग्लनुअघि स्थानीय बालकहरु हिउँलाई जम्मा पार्दै गुडाएर खेल्छन् । मानौँ, उनीहरु गलैँचा बेरेर उठाउँदैछन्, जुन दृश्य चित्ताकर्षक लाग्छ । 

प्रकाशित: फाल्गुन १०, २०७४