तस्विर/भिडियो

सडक–सपना

- प्रदीप बस्याल, काठमाडौं

सिन्धुपाल्चोकको उत्तरी गाउँ तेम्पाथाङलाई सडक जोडिएको गाउँ गुम्बासँग जोड्ने एक मात्र बाटो हो, यो । झन्डै ६ सय जनसंख्या भएको तेम्पाथाङ पुग्न यस्तै अप्ठ्यारो बाटोमा सामान्य मानिसलाई पनि ६ देखि ८ घन्टासम्म लाग्छ । स्थानीय बासिन्दाले बिरामी या घाइते हुँदा ऋण काढेरै भए पनि हेलिकप्टर बोलाउनुपर्छ । नत्र, गुम्बासम्म  ओराल्न मात्र पूरै एक दिन बित्छ । त्यहाँ न बिजुली छ, न त स्वास्थ्य चौकी नै । सरकारी कार्यालयका नाममा एउटा जीर्ण प्राथमिक विद्यालय मात्र छ, जहाँ शिक्षक विरलै भेटिन्छन् । तर, पछिल्लो चुनावमा स्थानीयको एउटै माग थियो, सडक–बाटो बनाइदेऊ । नेताहरु जनतालाई सडक–सपना देखाउन किन पछि हट्थे र ! 

प्रकाशित: माघ १८, २०७४