विचार

स्मृतिका विम्बहरू

- अजय दीक्षित
कान्तिपुर दैनिकको आइतबारे परििशष्टांक कोपिलाको पछिल्लो पृष्ठले सधैँ तान्छ। पाकाहरूका बाल्यकालीन स्मरणमा भूगोलका सूक्ष्म विवरण, समुदाय, परविार र प्रस्तोताको जीवन यात्राका प्रेरणादायी अनुभव भेटिन्छन्। २४ चैतको कान्तिपुर दैनिक र द काठमाडाँै पोस्टको समाचारले मलाई आफ्नो बाल्यकालमा पुर्‍याए। कान्तिपुरमा खबर भन्छ, 'सेवा केन्द्र विस्तार गर्ने सरकारी नीतिले हुलाकी मार्ग र पूर्व-पश्चिम राजमार्ग छेउछाउ तरंग ल्याएको छ।' सन्दर्भ रौतहटमा हुँदै गरेको सेवा केन्द्रसम्बन्धी आन्दोलनको हो।
०२५ सालमा एसएलसी दिएपछि केही महिना तौलिहवा जान पाइने भयो। त्यहाँ सरुवा भएका मामासित बाइरोडबाट रक्सौल भई भारत हुँदै भैसालोटनबाट नेपाल भित्रिएका थियौँ। भैसालोटनमा बाँध बन्दै थियो र नेपाल भित्रिन एउटा ठूलो नदी पनि तर्नुपर्‍यो। नदीको नाम थाहा थिएन त्यस बेला।
नेपाल पसेपछि पश्चिमतिर तौलिहवाको यात्राको माध्यम थियो, बयलगाडा चल्दै गरेको धुलाम्य बाटो। कच्ची बाटोको खाल्डोमा जिप बेलाबेला फस्थ्यो अनि अगाडिबाट ह्वात्त धूलो जिपभित्र पस्थ्यो र सबैलाई नुहाउँथ्यो। तौलिहवा पुगेपछि धूलोको पत्रले दिनभरकिो यात्रा विस्मृतिमा पारे, तरेको नदी र भैसालोटनको निर्माण पनि। वर्षौंपछि मस्तिष्कमा रहेका विम्बहरूको पुनारावृत्ति भएका थिए।
हामीले तरेको त्यो ठूलो नदी नारायणी रहेछ, निर्माण भइरहेको संरचना गण्डक ब्यारेज र हामी हुलाकी सडक हुँदै तौलिहवातर्फ लागेका रहेछौँ। उत्तरतर्फ देखाउँदै मामाले भन्नुभएको थियो, "तिमीहरूले भूगोलमा पढेको चुरे/शिवालिक शृंखला, त्यो टाढा देखिएको पहाड हो। चुरेको केही दक्षिणपट्टि पूर्व-पश्चिम राजमार्ग निर्माण भएको हो।"
तौलिहवा रहँदा दुईपल्ट चुरे फेदी पुगियो र सीमापारि छिमेकी भारतमा पनि। खेत, खलियानमा उपि्र“mदै-रम्दै बिदा सकियो। हवाईजहाजमा काठमाडौँ फर्किने भइयो, जीवनमा पहिलोपल्ट उड्ने भएँ म। पोखरा अवतरण गर्दै डकोटा विमानले भैरहवाबाट काठमाडौँ ल्याइपुर्‍यायो, अनगिन्ती नदीनाला माथि उड्दै। तीमध्ये एउटा नदी गाढा देखियो र अर्को सेतो।
हाम्रो लेबोरेटरी -ल्याब) स्कुलका भूगोल शिक्षकले कालीगण्डकी र सेती नदीहरूबारे व्याख्या गरे अनुरूप आकाशबाट प्रत्यक्ष अनुभव गर्न पाएको थिएँ, झन्डै ४६ वर्षअगाडिको त्यस दिन। द काठमाडौँ पोस्टमा कीर्तिपुरस्थित ल्याब स्कुलको खबर छ। खबर अगाडि भन्छ, 'त्रिभुवन विश्वविद्यालयले त्यस स्कुलको निजी व्यवस्थापनलाई स्कुल छाड्ने सूचना दिँदै अभिभावकसँग केटाकेटी भर्ना नगर्न भनेको छ।'
कीर्तिपुर सहरछेउ वाग्मती नदीको पश्चिम किनारमा भवन निर्माण हुनुअघि ल्याब स्कुल लाजिम्पाटस्थित चेत भवन -हाल र्‍याडिसन होटल) परसिरमा थियो। जहाँ कलेज अफ एजुकेसन पनि थियो। कलेज अफ एजुकेसनमा अध्ययनरत विद्यार्थी-शिक्षकहरू शिक्षण विधि ल्याब स्कुलका विभिन्न कक्षामा प्रयोग गर्थे, सिकाउँथे, सिक्थे पनि। अमेरकिी शान्ति सेनाका स्वयंसेवकहरू सघाउँथे, सिक्न-सिकाउन। हालसालै नेपालबारे लेखिएको पुस्तकका लेखक बब फिसर पनि स्वयंसेवकका रूपमा कार्यरत रहेको हाल नेपालका एक अग्रज विश्लेषक रहेका ल्याब स्कुलका पुराना विद्यार्थी सम्झन्छन्।
दृष्टिविहीनलाई शिक्षा दिने ब्रेल लिपिको पढाइ पनि ल्याब स्कुलमै सुरु भएको थियो। ब्रेल लिपिमा शिक्षा दिने लोयड स्टिमेनसन नाम गरेका दृष्टिविहीन शिक्षक अन्य कक्षामा अंग्रेजी विषय पढाउने गर्थे।
सन् १९६७ मा कीर्तिपुरको स्कुल नयाँ भवनमा सर्‍यो। कलेज अफ एजुकेसन पनि त्रिभुवन विश्वविद्यालय परसिरमै आइपुग्यो। त्यो भवन स्कुलको आफ्नै हो भन्ने हामी विद्यार्थीले बुझेका थियौँ र हालसम्म पनि त्यो कायम थियो। होइन रहेछ, सम्पत्तिबारे विवाद रहेको तथ्य पछिल्लो खबरले जानकारी दिएको छ।
शिक्षक-विद्यार्थीहरू नौ-दस कक्षामा प्राक्टिस टिचिङमा सहभागी भएको सम्भिmन्नँ। कलेज अफ एजुकेसनका शिक्षक-विद्यार्थी प्राक्टिस टिचिङमा चेतभवनमा हामी कक्षा ८ मा पुग्दासम्म आउने गरेको सम्झना छ।
ल्याब स्कुलको संस्थागत ह्रास नेपाली शिक्षाको समग्र स्तर कहाँ छ भन्ने मूल्यांकन गर्ने विन्दु हुन सक्छ। समयसित अनुकूल रहन नसक्दा स्कुल मात्रै होइन, ठूला कम्पनीहरू पनि ह्रासोन्मुख हुँदै बन्द भएका मनग्य उदाहरण छन्। नयाँ संस्था उमि्रने र ढल्ने क्रम चलिरहन्छ। यो विवादको विषय होइन, प्रश्न हो नेपाली संक्रमणमा मुलुकको समग्र संस्थागत जिजीविषाको ह्रास कसरी रोक्ने? यसको बढ्दो क्रम रोक्नुपर्छ भन्ने जवाफदेहिता राजनीतिक नेतृत्वमा देखिँदैन। यद्यपि, समाजलाई सही पथमा लैजाने जिम्मा त्यही तप्काको हो।
वास्तवमा स्तरीय शिक्षा नै जवाफदेही राजनीतिको एउटा खम्बा हो। प्रतिनिधित्व, चुनाव, न्यायको शासन, शक्तिको सन्तुलन, विमत राख्ने अधिकार इत्यादि अन्य खम्बा हुन्। ६० वर्षअघि ल्याब स्कुलमा सिक्दै र सिकाउँदै शिक्षाको स्तर उकास्ने प्रयोग सुरु भएको थियो। त्यस अवधारणाका अन्तरवस्तु नेपाली शिक्षाको स्तर उँभो लगाउन अझै उपयोगी छन्। भलै, वाग्मतीमा अर्बौं घनमिटर पानी बगिसकेको किन नहोस् ।
प्रकाशित: वैशाख ६, २०७२