पहिले नर्स अहिले प्रशासक

शाखा अधिकृतमा फड्को मारेका चार नर्सको अनुभव

- लीलानाथ घिमिरे
जीवनयात्रा सरल रेखामै अगाडि बढेको भए नमुना कार्की यतिखेर कुनै सरकारी अस्पतालमा बिरामीको सेवा गररिहेकी हुन्थिन्। प्रवीणता प्रमाणपत्र तहको नर्सिङ सक्नासाथ लोकसेवा दिएर नर्सको जागिर सुरु गरेकी उनले छात्रवृत्तिमै ब्याचलर इन नर्सिङ (बीएन) सकेकी छन्। बिरामीको हेरचाहमा रमाइरहेका बेला लोकसेवा आयोगले प्रशासन समूहतर्फ अधिकृतको आवेदन खुला गरेपछि उनमा लहड चल्यो, आफ्नो क्षमता अजमाउने। पढाइ र विज्ञापन एकअर्काको विपरीतभए पनि करबि तीन महिना घुँडा धसेर तयारी गरनि् उनले। अन्ततः नाम निकालेरै छाडिन्।
पहिलो पदस्थापन गोस्वारा हुलाकमा हुँदा उनलाई पोस्ट बक्स शाखाको जिम्मेवारी दिइयो। त्यसको केही समय नबित्दै त्यसमा थपियो, कर्मचारी प्रशासन। कार्यालय अन्तर्गत रहेका ५ सय १४ जना कर्मचारीको व्यवस्थापन उनको जिम्मेवारीमा छ। बिरामीको हेरचाह गर्ने दैनिकीबाट पर 'म्यानेजरयिल वर्क'मा छिन् अहिले।
भनिन्छ, मानिसलाई जुन कुरामा रुचि हुन्छ, त्यही काम गर्नुपर्छ। नमुनाको हकमा त्यस्तो लागू भएन। उनले रुचि नभएरै नर्सिङ पढेकी होइनन्। रुचिमै सीमित भएको भए बर्दिया डेउडाकलाकी मञ्जुकुमारी जैसी, चितवन गुञ्जनगरकी अनिता पौडेल र विराटनगरकी रीता खतिवडा पनि नर्सिङमै आफ्नो भविष्य खोजिरहेका हुन्थे।
सरकारी अस्पतालमा नर्सिङको जागिर खाँदाखाँदै यी चारै जनाले प्रशासन समूहको अधिकृतमा नाम निकालेका हुन्। रीता भक्तपुर जिल्ला हुलाककी प्रमुख छन्। उनको भूमिका कार्यालयको दैनिक काम सञ्चालन, हुलाक बचत बैंक व्यवस्थापन, काउन्टर सञ्चालनसहित जिल्लाभरका आठ इलाका र १३ वटा अतिरत्तिm हुलाकको अनुगमन अधिकारीका रूपमा हो। त्यसका लागि उनी शनिबारबाहेक बिदाका दिनमा समेत खट्छिन्। मञ्जु कोटेश्वरस्थित करदाता सेवा कार्यालयमा व्यवसायीको आयकर, भ्याट बक्यौता, अडिट रपिोर्ट हेर्ने, ट्याक्स क्लियरेन्स दिने, मार्केट मोनिटरङि गर्ने, कर नतिर्नेलाई कारबाही गर्नेलगायतका जिम्मेवारीमा छिन्।
नर्सिङको पढाइसँग 'गोरु बेचेको साइनो नपर्ने' वाणिज्य मन्त्रालयको विश्व व्यापार संगठन -डब्लूटीओ) कमिटमेन्ट इम्प्िलमेन्टेसन सेक्सनमा छिन् अनिता। डब्लूटीओको सदस्य बनेपछि मुलुकले गरेका प्रतिबद्धता लागू गर्न डेक्स अफिसरका रूपमा उनले भूमिका खेल्नुपर्छ। त्यसबाहेक डब्लूटीओ के हो, कसरी काम गर्छ भनेर जनचेतना जगाउने काम पनि उनकै जिम्मामा छ।
फरक पृष्ठभूमि, पढाइ र सेवाबाट एकैपटक फरक जिम्मेवारी वहन गर्नुपर्दा गाह्रो भएन त ? "ट्याक्सको थ्योरी अफिसरको तयारी गर्दा पढेकी थिएँ," मञ्जुले सुनाइन्, "व्यावहारकि रूपमा त्यसलाई कार्यान्वयन गर्न कार्यालयका सिनियर/जुनियर स्टाफबाट सिकेँ।" फरक विषय पढेर आएका भए पनि उनीहरू आफ्नो जिम्मेवारीमा पोख्त भइसकेका छन्। त्यसमा उनीहरूले केही आफैँले अध्ययन गरेर सिके, केही सहकर्मीबाट। उनीहरूलाई 'म्यानेजरयिल स्किल' भने नर्सिङले नै सिकाएको रहेछ। "हामीले व्यवस्थापकीय सीप नर्सिङ पढ्दै जानेका थियौँ," अनिताको भनाइमा अरू साथीहरूले सही थापे, "त्यसले हामीलाई अफिसरको जिम्मेवारी वहन गर्न सहज बनायो।"
त्यसो त उनीहरू पढाइका क्रममा आ-आफ्नो तहमा अब्बल थिए। संयोग पनि कस्तो ? मुलुकका फरक-फरक भूगोलका यी चार युवतीले आ-आफ्नै गाउँका सरकारी विद्यालयबाट ०५७ सालमा एसएलसी सके। लगत्तै नर्सिङमा आफ्नो भविष्य खोजे। प्रमाणपत्र तह सकेलगत्तै सरकारी अस्पतालमै जागिर पाए। त्यही क्रममै मञ्जु, नमुना र रीताले छात्रवृत्तिमै बीएन पढ्न पाए भने अनिताले आफ्नै खर्चमा। यी चारै जना पहिलो प्रयासमै अफिसर भएका हुन्। "परविर्तन पनि जीवनकै प्रक्रिया रहेछ," नमुनाले एकछिन गमिन्, "त्यही परविर्तन खोज्न मैले पेसा परविर्तन गरेँ।'
यतिखेर यी सबै जोसमा छन्। प्रशासन सेवाप्रति सर्वसाधारणको धारणा त्यति सकारात्मक नभएको बुझेका उनीहरूले आ-आफ्नो तहबाट त्यसमा परविर्तन ल्याउन जुट्ने अठोट लिएका छन्। "नर्सिङ क्षेत्रका व्यक्तिलाई विदेशमा धेरै अवसर छ," नमुनाले सहकर्मीको मुख हेर्दै सुनाइन्, "हामीले स्वदेशमै केही गर्नुपर्छ, सरकारी सेवामा सुधार ल्याउनुपर्छ भनेर त्यस्ता अवसरलाई लत्याएका हौँ।"
उनीहरूले नर्सिङ पेसा नराम्रो लागेर छाडेका भने होइनन् । अधिकृत पास गरेपछि तालिमका क्रममा एकअर्कालाई चिनेका उनीहरू सम्भवतः पहिलो सामूहिक भेटमा नेपालसँग गफिँदै थिए। सबैको एउटै धारणा थियो, नर्सिङले उनीहरूलाई सानै उमेरमा परपिक्व बनायो। रीताले समाजका विभिन्न क्षेत्रका व्यक्तिसँग आफूलाई प्रस्तुत गर्न नर्सिङ पेसाबाट सम्भव नभएकाले अर्को पेसा रोजेको बताइन्। नमुनालाई नर्सिङमा अवसर सीमित भएजस्तो लागेको छ। मञ्जुलाई 'म्यानेजरयिल' भूमिका पाइने भएकाले प्रशासन सेवाले तानेको रहेछ। अनितालाई 'इकोनोमिक डिप्लोमेसी'ले मोहनी लगाएछ।
नयाँ पेसामा जाँदा उनीहरूले पाएका प्रतिक्रिया गजबका छन्। "कार्यालयमा सहकर्मीले सामान्य टाउको दुख्दा पनि के गर्ने भनेर सोध्छन्," नमुनाले रमाइलो अनुभव सुनाइन्, "कहिले त स्टेथेस्कोप र रक्तचाप नाप्ने यन्त्र कार्यालयमै राखेर बसौँ जस्तो लाग्छ।" स्वास्थ्य समस्या लिएर आउने सहकर्मीहरूबीच उनी छिटो घुलमिल भइन्। कतिपयले नर्सिङ पढेर हुलाकमा जागिर खान आएको सुन्दा अनौठो माने।
मञ्जुले पनि त्यस्तै अनुभव गरेकी छन्। "डाक्टरलाई जँचाएर आएपछि पनि उसले दिएको औषधी ठीक छ/छैन भनेर सहकर्मीहरू सोध्न आउँछन्," उनले भनिन्। रीतालाई सुरुमा आफ्नो दैनिकी परविर्तन गर्न निकै गाह्रो पर्‍यो। "अस्पतालमा निश्चित समय ड्युटी गरे हुन्छ," उनले सुनाइन्, "यहाँ हाकिम भएपछि बिदाको दिन पनि भन्न पाइँदैन।"

प्रकाशित: श्रावण २५, २०७१