हराए गहना

सुरक्षा र विकल्पका कारण लोप हुने अवस्थामा

- हरिहरसिंह राठौर, खलंगा (जाजरकोट)
मेलापात र विशेष अवसरमा नाक, कान र घाँटीमा सुनचाँदीका गहनागुरिया लगाएर खानदानी वैभव देखाउने चलन लगभग लोप हुने अवस् थामा पुगेको छ। पहिले पहिले गच्छे अनुसार कानमा कम्तीमा एक तोलादेखि आठ तोलासम्मका पाते सुन लगाउनेहरू अहिले देखिँदैनन्। "एकैपटक १५ देखि २० तोलासम्मका गहना लगाएर खलंगामा पञ्चभेलालगायतका कार्यक्रममा सहभागी हुँदा धेरैका आँखा हामी आमाछोरीतिर तेर्सिन्थे," विसं '४० को दशकको स् मरण सुनाउँछिन्, ढिमे-८, समाकोटकी तत्कालीन महिला विकास सभापति मैसरादेवी सिंह, "अहिले त सबै महिला बुच्चा देख्छु।"
मध्यपश्चिममा गच्छे अनुसार घरका महिलालाई विवाहका बेला मात्र होइन, कुनै पुरुष भारत गएर काम गरेर र्फकंदा पनि गहना जोडिदिने चलन थियो। "गाउँघरमा इज्जतदार हुन र सम्मान पाउन घरजग्गा र खेतीपातीपछि सुनका गहना जोड्नु अनिवार्यजस् तै थियो," खलंगामा कपडा पसल चलाएका रामीडाँडा गाविसका पूर्वअध्यक्ष नन्दलाल ज्योति सुनाउँछन्।
महिलाहरूले मन पराउने गहनामध्ये सुनका शिरफूल, अर्धचन्द्रमा, पातेसुन, छड्के तिलहरी, ठुम्रीमाला, माडुल्ली, मुगामाला, ढुंग्री, बुलाँकी, फूली, कण्ठी, असर्फी र चाँदीका सुकी र मोहरका माला, दोबिटे कम्पनीमाला, महेन्द्र मल्लीका माला, पाउजु, खुट्टामा लगाइने कल्ली र हातमा लगाइने काँडेकल्ली प्रमुख हुन्। परम्परागत गहनामा कलात्मकतालाई भन्दा तौललाई प्राथमिकता दिइने भएकाले पनि पुराना गहनाको प्रयोग घटेको हो। अर्को कुरा, सुरक्षाका कारण पनि अहिले पुराना गहना घरमै थन्क्याउने र नयाँ शैलीका हलुका गहना बनाउने चलन चलेको स् थानीयको भनाइ छ। "धेरै गरगहना लगाएर एक्लै हिँड्न नसक्ने अवस् था आयो," रामजानकी प्राविकी शिक्षिका आशा शाह भन्छिन्, "बजारमा नयाँ नयाँ खालका सुनका जस् तै गहना पनि पाइन्छन्।"
सुनको भाउमा उतारचढाव हुने र जग्गाको भाउ नघट्ने भएपछि गहना हुनेहरूले पनि पुराना गहना बेच्दै घरघडेरी किन्न थालेको शिक्षिका आशाको भनाइ छ। अरूभन्दा पनि सुनकै जस् तो देखिने नक्कली सुनका आकर्षक गहनाले पनि परम्परागत सक्कली सुनका गहनाको प्रयोगमा कमी ल्याएको खलंगा-२, ठाँटीका सुन पसले तिलक सुनार बताउँछन्। भन्छन्, "पुराना गहना त अहिले देख्नै छाडियो।"
प्रकाशित: असार २२, २०७१